अन्तरघातीको अनुहार आफै सार्वजनिक गर्छु भन्दै देउवा कड्किए – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

अन्तरघातीको अनुहार आफै सार्वजनिक गर्छु भन्दै देउवा कड्किए

भक्तपुर । कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरको बोडेमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा पार्टीका नेता र कार्यकर्ताकै माझमा कड्किँदै र जंगिएर प्रस्तुत भए ।

गत बर्ष भएको स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलका पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाहीको विषयलाई लिएर देउवा निकै आक्रोसित बनेका हुन् ।

उनले पार्टी र पार्टीका आधिकारिक उम्मेदवारलाई हराउनेको अनुहार आफैले वाहिर ल्याउने घोषणा गर्दै पार्टीमा अन्तरघात गर्नेलाई जसरी पनि कारबाही गरेरै छाड्ने बताए । ‘अनुशासन उल्लंघन गर्ने त्यस्ताको अनुहार मैले नि वाहिर ल्याउँछु’, देउवाले भने, ‘पार्टीलाई हराउनेलाई मैलै कारबाही गर्न नपाउने ?’ पार्टीको आधिकारिक उम्मेदवारलाई हराउनेलाई कारबाही गर्न खोज्दा कसले रोक्न खोज्छ हेरौंला ? भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत आफूले गर्ने यस्तो काममा सहयोग र समर्थन गर्न माग गरे ।

उनले कांग्रेसका साथिहरुबीचमा एकता हुँदा हुँदै पनि हारेको हो र ? भनी प्रश्न गरे र ‘पार्टी एकता नभएकै कारण चुनावमा हारेको होइन ?’ भनी प्रश्न गरे । आगामी मंसिर १४ गते भक्तपुरमा हुने प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कुनै पनि हालतमा जिताउन आग्रह गर्दै देउवाले भक्तपुर ऐतिहासिक ठाउँ भएकोले कांग्रेसले पनि ऐतिहासिक जित यहीँबाट देखाउन कार्यकर्तामा आव्हान गरे ।

२००७ सालदेखि लडेको पार्टी फेरि पनि सडक र सदनमा लड्ने घोषणा गर्दै देउवाले सरकारले राज्यका हरेक अंगमा आक्रमण गर्न खोजको आरोप लगाए । पुलिसलाई प्रतिवद्ध बनाउन खोजेको जनाउँदै पुलिस व्यवसायिक हुनु पर्नेमा जोड दिए ।

नेपाली जनताले तिरेको ट्याक्स खाएका प्रहरी र कर्मचारीलाई नेकपाको कार्यकर्ता बनाउन सरकारले भूमिका खेलेको देउवाले आरोप लगाए । उनले नेकपाको सरकारले पार्टीप्रति प्रतिवद्ध पुलिस, प्रतिवद्ध कर्मचारी र प्रतिवद्ध आर्मी बनाउन खोज्दै गरेको आरोप लगाए ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७६ भाद्र २२, १२: ०३

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७६ भाद्र २२, १२: ०३

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७६ भाद्र २२, १२: ०३

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...