
काठमाडौं । मुलुकको चौथो अंगको रुपमा रहेको संचार क्षेत्रलाईको नियमनकारी निकाय प्रेस काउन्सिललाई व्यवस्थित बनाउने उदेश्यले सरकारले राष्ट्रिय सभामा दर्ता गरी विधायन समितिमा छलफलको क्रममा रहेको विवादित नेपाल मिडिया काउन्सिल विधेयकको २५ हजारदेखि १० लाख रुपैयाँसम्मको जरिवाना गर्ने प्रावधानलाई हटाउने गरी संशोधन प्रसताव दर्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पाँच सांसदले २९ बुँदामा हालेको संशोधनमा विधेयकको दफा १८ को उपदफा १ मा संशोधन गरी ‘‘पच्चिस हजार रुपैंयादेखि दशलाख रुपैयासम्म जरिवाना’ भन्ने वाक्यांशको सट्टामा ‘ सार्वजनिक रुपमा क्षमा याचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’ भन्ने वाक्यांश राख्न प्रस्ताव गरिएको छ ।
को दफा १८ को उपदफा १ मा संशोधन गरी ‘‘पच्चिस हजार रुपैंयादेखि दशलाख रुपैयासम्म जरिवाना’ भन्ने वाक्यांशको सट्टामा ‘ सार्वजनिक रुपमा क्षमा याचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’ भन्ने वाक्यांश राख्न प्रस्ताव गरिएको छ ।
राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षीकी सचेतक सरिता प्रसाईं, सदस्यहरु जीतेन्द्रनारायण देव, धनकुमार खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले संयुक्त रुपमा दर्ता गराएको संशोधनको प्रस्तावमा जरिवाना गरी क्षतिपूर्ति भराई दिने प्रावधानलाई सशोधन गरी यस्तो प्रस्ताव गरेको हो । विधेयकमा काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन, वा प्रशारण गरेर कसैको मर्यादा र प्रतिष्ठामा आँच पु¥याएमा २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिवाना र मनासिव क्षतिपूर्ती काउन्सिलले भराउन सक्ने प्रावधान थियो ।
त्यस्तै, संशोधनमा विधयकको दफा १९ पुरै हटाउन प्रस्ताव गरिएको छ । सो दफामा प्रचलिन कानून बमोजिम कारबाही गर्न बाधा नपुग्ने व्यवस्था थियो । सो दफामा कुनै संचार माध्यम, त्यसको प्रकाशक, सम्पादक, पत्रकार वा सम्वाददाताले गरेको आचार संहिता उल्लंघनसम्वन्धी कुनै काम अन्य प्रचलित कानून बमोजिम कसुर हुने रहेछ भने निज उपर त्यसतो कानून बमोजिम आवश्यक कारबाही चलाउनको लागि काउन्सिलले सम्वन्धित निकायमा लेखि पठाउने व्यवस्था गरिएको छ ।
सो दफामा आचार संहिता उल्लंघनमा कारबाही भएकै कारणबाट त्यस्तो कसूरमा प्रचलित कानून बमोमिज कारबावही चलाउन र सजाय गर्न वाधा नपर्ने जनाइएको छ । विधेयकको ११ ‘घ’ अनुसार काउन्सिलको अध्यक्षको उमेर हद ६५ तोकिएकोमा त्यसमा संशोधन गरी उमेर हद नतोक्न प्रस्ताव गरिएको छ ।
विधेयकको दफा ७ को १ लाई संशोधन गरी काउन्सिलको गठनको फरक प्रस्ताव गरिएको छ । संशोधन प्रस्तावमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको २५बर्षभन्दा वढी अनुभव हासिल गरेर विशिष्ट योगदान पु¥याएका कम्तिमा ४५ बर्ष उमेर पुगेका ख्याती प्राप्त व्यक्ति मध्येबाट अध्यक्ष चयन गर्नु पर्ने उल्लेख छ ।
त्यस्तै, प्रतिपक्षी दलको समेत प्रतिनिधित्व हुने गरी एक महिलासहित सभामुखले तोकेको २ जना, राष्ट्रिय सभाका अध्यक्षले तोकेको एक जना सांसद, नेपाल पत्रकार महासंघको अध्यक्ष, विश्वविद्यालयका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापक मध्येबाट नेपाल सरकारले मनोनयन गरेको एक जना सदस्य हुने प्रस्ताव गरिएको छ ।
संशोधन प्रस्तावमा प्रत्येक प्रदेशबाट कम्तीमा २० वर्ष पत्रकारिताको अनुभव सहितका कम्तीमा ७ वर्ष संपादकीय जिम्बेवारी निर्वाह गरेका सम्पादक मध्येबाट नेपाल पत्रकार महासंघको प्रादेशिक तहको निर्वाचनमा काउन्सिल प्रतिनिधिका रुपमा निर्वाचित ७ जना र पत्रकार महासंघको महाधिवेशनमा काउन्सिलको सदस्यका लागि कम्तीमा २० वर्षको अनुभव भएको श्रमजिवी पत्रकारहरु मध्येबाट निर्वाचित कम्तीमा एक महिला सहित ३ जना सदस्य रहने व्यवस्था छ ।
काउन्सिल गठन गर्दा मानवअधिकार, लैङ्गिक समता, भाषा–साहित्य, व्यवस्थापन, प्रादेशिक तथा स्थानीय तह र अनुसन्धान जस्ता क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव भएको ख्याती प्राप्त व्यक्तिहरुमध्ये नेपाल सरकारबाट कम्तिमा दुई महिला सदस्य सहित नियुक्त ५ जना–सदस्य रहने प्रावधान छ । काउन्सिलको वरिष्ठतम कर्मचारी काउन्सिलको सचिव हुने प्रावधानलाई हटाउन प्रस्ताव गरिएको छ ।
त्यस्तै, काउन्सिलका अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिस गर्न राष्ट्रिय सभाका अध्यक्ष संयोजक रहेको समिति रहने प्रावधान छ । समितिको सदस्यमा प्रतिनिधि सभाको सञ्चार क्षेत्र हेर्ने समितिको सभापति, मन्त्रालयले मनोनयन गरेको कम्तीमा २० वर्ष अनुभव भएको ४५ वर्ष उमेर पुरा गरेको वरिष्ठ पत्रकार एक जना राख्ने प्रस्ताव गरिएको छ ।
विधेयकको दफा ७ को उपदफा ५ मा संशोधन गरी काउन्सिलको अध्यक्ष र सदस्यको पदावधि पाँच बर्षको हुने तर निर्वाचित र पदेन सदस्यको हकमा भने सोही पद बमोजिम पदावधी रहने प्रस्ताव गरिएको छ । नेपाल सरकारले काउन्सिललाई ‘आवश्यक निर्देशन दिन’ भन्ने शब्दको सट्टा ‘‘ध्यानाकर्षण गर्न’’ भन्ने शब्द राख्न प्रस्ताव गरिउको छ भने प्रस्तावनामा रहेको ‘स्वस्थ, स्वतन्त्र, मर्यादित …बनाएको छ भन्ने वाक्याशंको सट्टा ‘पत्रकारिता पेशामा उच्चतम आचरण कायम राख्दै स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिताको बिकास, संरक्षण तथा पत्रकारितामा स्वनियमको सम्बद्र्धनका लागि एक स्वतन्त्र स्वायत्त नियामक निकायको रुपमा प्रेस काउन्सिलको स्थापना गर्न भन्ने’ वाक्याँस राख्न प्रस्ताव गरिएको छ ।
सांसदहरुले विधेयकको दफा ३ को उपदफा १ मा संशोधन गरी काउन्सिलको गठन नियमनकारी संस्थाको रुपमा रहने भन्दै स्वनियम समिति गठनको प्रस्ताव गरिएको छ । त्यस्तै, दफा ५ मा क थप गरी आमसञ्चार सञ्चालक संस्थाले प्रकाशन वा प्रसारणको स्वनियमन र स्वमूल्याङकनका लागि सम्बन्धित विज्ञहरु रहेको स्वःनियमन समिति गठन गर्न प्रस्ताव गरेका छन् ।
यस्तो समितिले सम्बन्धित आमसञ्चार संस्थाको आचारसंहिता निर्माण, गुणस्तर सुधार र आमसञ्चारको प्रभावकारिता कायम राख्न तथा सार्वजनिक जवाफदेहीता पालना गर्न गराउन स्वनियमन र स्वःमूल्याङकन गर्ने गरी प्रस्ताव गरिएको छ।
काठमाडौं : प्रतिनिधिसभा बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकको अन्तिममा सभामुख डोलप्रसाद अर्यालले आगामी...
काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष टी–२० विश्वकप र एकदिवसीय (ओडीआई) विश्वकपको ढाँचामा व्यापक परिवर्तन गर्ने निर्णय गरेको...
काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...