
काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रदीप पौडेलले संवैधानिक मर्यादाको रक्षा गर्न र देशको अभिभावकको रुपमा राष्ट्रपति हुनु पर्छ भन्दा कसैले ढोक्सा थापेको रुपमा बुझ्दछ भने कांग्रेस ढोक्सा राम्ररी थाप्न तयार रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पौडेलले राष्ट्रपतिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै त्यस्तो हुन नदिन कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भन्दा पूर्वप्रधानमन्त्रीले ढोक्सा थापेको देखेको भन्दै अहंकार र दम्भले मुलुक नचल्ने बताए ।
उनले भने ‘कसैलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । जसले आफ्नै घरमा लालमोहर ल्याएर राखिदेओस र आवश्यक पर्दा सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिन्छ । यस्तो अवस्थामा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।’
संवैधानिक मर्यादाको रक्षा गर्न, देशको अभिभावक राष्ट्रपति पद हो भन्ने स्थापित गर्न र संविधानका सम्पूर्ण मान्यताप्रति दत्तचित्त हुने व्यक्ति राष्ट्रपति बनाउन कांग्रेस प्रतिवद्ध रहेको पौडेलले बताए ।
‘पूर्वप्रधानमन्त्रीज्यूले कुन वादको कुरा गर्नु भएको हो? वालकोटमा हतार हतारमा प्रसाद थाप्न बनेको गठबन्धन कस्तो छ? जनता समाजबादी पार्टी र नागरिक उन्मुक्त पार्टी किन सरकारमा गएन? राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट किन वाहिरियो? राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदलाई किन प्रधानमन्त्रीले सम्झाउनु पर्यो? के त्यो सबै कांग्रेसले ढोक्सा थापेर हो ?’ सांसदले प्रस्न गरे ?
उनले कांग्रेस स्थिरताका पक्षमा भएको तर गठबन्धन भत्काउने कुनै प्रयासमा नलागेको भन्दै सुदूरपश्चिममा गठबन्धन भत्किदाँ ‘के कांग्रेसको कारण गठबन्धन भत्किएको हो?’ भनी प्रश्न गरे । उनले भने ‘अहिलेको गठबन्धन जगदैदेखि हल्लिएर भत्किएको हो, यसमा नेतृत्व गम्भीर भएको देखिँदैन ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रस्तावमाथि समर्थन गर्दै सदनको रोष्टमबाट कांग्रेसप्रति लक्षित सरकारलाई विश्वासको मत दिएर ढोक्सा थापेको आरोप लगाएका थिए ।
सांसद पौडेलले अध्यक्ष ओलीको सोही अभिव्यक्तिको जवाफको रुपमा राष्ट्रपति पदका लागि कांग्रेसले उम्मेदवारी दिने बताएका हुन् । पौडेलले एमालेको तुलनामा कांग्रेस लोकतान्त्रिक पार्टी भएको दाबी गरे ।
उनले समस्या नै समस्याको चाँङ देखिएको तर त्यसलाई समाधान गर्नमा सदनको भूमिका निकै क्रियाशिल हुनु पर्छ भन्दै वास्तवमा संसद विघटनको झोंक र सनक रोष्टमबाटै व्यक्त हुनु कायरता भएको बताए । उनले भने ‘यो संसद पनि असुरक्षित रहने छ भन्ने अभिव्यक्ति आएको छ । संसदको रोष्टमबाटै सर्वोच्च अदालतको फैसलाप्रति टिप्पणी हुनु दुखदायी घटना हो ।’
‘मैले मेरो पार्टीका सभापति संसदीय दलको नेतामा मत हालिन । तर म आज यहाँ छु । केपी ओलीज्यू तपाइँप्रति असहमति राख्ने भिम रावल कहाँ हुनुहुन्छ ?’ पौडेलले भने ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...