
काठमाडौँ । सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका नेता सुभाषचन्द्र नेम्वाङमध्ये एकलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।
माओबादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बुधवार दिउँसो भएको करिव २ घण्टा लामो छलफलमा ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री दाहालसँगको भेटमा एमाले अध्यक्ष ओलीले राष्ट्रपतिको लागि नेपाल वा नेम्वाङलाई अघि सार्दा सबैले स्वीकार गर्ने धारणा राखेको बालुवाटार स्रोतले जनायो । भे.टमा ओलीले प्रधानमन्त्री प्रचण्डलाई ‘पुस १० को सहमतिमा तपाईंको अन्टरस्ट्याडिङ के हो ?’ भनेर प्रश्न समेत गरेका थिए ।
जवाफमा प्रचण्डले राष्ट्रपतिमा माधव नेपाललाई प्रस्ताव गरेको भन्ने सुनेकाले वास्तविकता के हो? भन्ने जिज्ञासा आफ्नो रहेको बताएका थिए । ओलीले नेता नेपालको नाम लिएपछि प्रचण्डले अन्य दलसँग पनि आफूले छलफल गर्ने बताएका थिए ।
एकीकृत समाजवादीको बुधवार बसेको बैठकले राष्ट्रपतिका लागि प्रस्ताव आए स्विकार्ने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिबारे कांग्रेससँग नजिक भएको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको थियो ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...