
काठमाडौं । नेपाली कांग्रेसले मंगलबारबाट शुरु गर्न लागेको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोश्रो चरणका कार्यक्रम संचालन गर्न ३३ जिल्लामा १०८ जनालाई केन्द्रीय प्रनिधिति तोकेको छ । १ नम्वर प्रदेशमा पर्ने १४ जिल्लाका ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ५४ क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार कर्णाली प्रदेशका १० जिल्लाका २४ वाट प्रदेश सभा निर्वाचन क्षेत्र र सूदुरपश्चिम प्रदेशका नौ जिल्लाका ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइएको छ । कांग्रेसले दोश्रो चरणको जागरण अभियान असोज ७ सम्म चल्ने भएको छ । पहिलो चरणको अभियानमा केन्द्रीय सदस्य र संघीय संसदका सांसदलाई खटाइएको थियो । तर यो पटक उनीहरुलाई खटाइएको छैन ।
पार्टीले १ नम्वर प्रदेशको ताप्लेजुङ प्रदेश सभा क्षेत्र नं. १ मा झापाका राजनबहादुर ढुंगाना र २ मा झापाका सुरेश सुव्बा, पाँचथर प्रदेश सभा क्षेत्र नं.१ मा झापाका डा. खगेन्द्र पाण्डव अधिकारी, प्रदेश सभा क्षेत्र नं.२ मा झापाकै देउकुमार थेवेलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
इलामको क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं.१ मा झापाका दिपेन्द्रप्रसाद ढकाल, प्रदेश सभा क्षेत्र नं.२ मा ताप्लेजुङका पूर्वसभापति केशवप्रसाद दाहाल, इलाम क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं.१ मा विश्वनाथ रिजाल, प्रदेश सभा क्षेत्र नं.२ मा ताप्लेजुङका डीबी राईलाई खटाइएको छ ।
त्यस्तै,संखुवासभा प्रदेश सभा क्षेत्र नं. १ मा मोरङका प्रदेश सभासद् सुर्यमाराज राई, प्रदेश सभा क्षेत्र नं.२ मा झापाका अनिलकृष्ण प्रसाई, तेह्रथुमको प्रदेश सभा क्षेत्र नं.१ मा पाँचथरका सुरेन्द्र दाहाल, प्रदेश सभा क्षेत्र नं.२ मा ताप्लेजुङका प्रतापप्रकाश हाङगाम, धनकुटाको प्रदेश सभा क्षेत्र नं.१ मा झापाका विश्वदिप लिङ्देन (२०६४को संविधानसभा निर्वाचनमा केपी ओलीलाई पराजित गर्ने तत्कालिन माओवादी उम्मेदवार) र प्रदेश सभा क्षेत्र नं.२मा मोरङ्गका घनेन्द्र कुँवर (सुमन) लाई खटाइएको छ ।
भोजपुर प्रदेश सभा क्षेत्र नं.—१ मा खोटाङका सुभाषकुमार पोखरेल, प्रदेश सभा क्षेत्र नं.२ मा प्रतिनिधि खटाउन वाँकी, खोटाङ प्रदेश सभा क्षेत्र नं.—१ मा सोलुखुम्वुका पूर्व जिल्ला सभापति आङ्गेलु शेर्पा, प्रदेश सभा क्षेत्र नं.२ मा ओखलढुंगाकी गोमा के.सी., सोलुखुम्बु प्रदेश सभा क्षेत्र नं.—१ मा सिन्धुलीका पूर्वजिल्ला सभापति मोहनप्रसाद बराल, प्रदेश सभा क्षेत्र नं.२ मा खोटाङका दिनेश राईलाई खटाइएको छ ।
त्यस्तै, ओखलढुंगा प्रदेश सभा क्षेत्र नं.—१ मा खोटाङका बीरकाजी राई र प्रदेश सभा क्षेत्र नं. २ मा खोटाङका सर्वधन राई, उदयपुर क्षेत्र नं—१ को प्रदेश सभा क्षेत्र नं.१ मा खोटाङकी पूर्वसभासद सरस्वती वजिमय, प्रदेश सभा क्षेत्र नं.२ मा इलामका भुपेन्द्र कट्टेल, उदयपुर क्षेत्र नं –२ को प्रदेश सभा क्षेत्र नं. १ मा सुनसरीका किशोर राई, प्रदेश सभा क्षेत्र नं.२ मा झापाका केशवराज पाण्डेलाई खटाइएको छ ।
झापा क्षेत्र नं—१ को प्रदेश सभा क्षेत्र नं.१ मा राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझी, प्रदेश सभा क्षेत्र नं.२ मा प्रदेश सभा सांसद विन्दिया कार्की, झापा क्षेत्र नं–२ को प्रदेश सभा क्षेत्र नं.१ मा मोरङका वसन्त भट्टराई, प्रदेश सभा क्षेत्र नं.२ मा मोरङका डा. सुनिलकुमार शर्मा, झापा क्षेत्र –३ को प्रदेश सभा क्षेत्र नं.१ मा प्रदेश १ को प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, प्रदेश सभा क्षेत्र नं.२ मा आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीलाई खटाइएको छ । झापा क्षेत्र नं ४ को प्रदेश सभा क्षेत्र नं.१ मा ताप्लेजुङका दिपेन्द्रकुमार सेन्दाङ, प्रदेश सभा क्षेत्र नं.२ मा मोरङका लोकप्रसाद संग्रौला, झापा क्षेत्र नं–५को प्रदेश सभा क्षेत्र नं.१ मा सुनसरीका विनोद राई, प्रदेश सभा क्षेत्र नं.२ मा मोरङका शेखरचन्द्र थापालाई खटाइएको छ ।
मोरङ क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं.१ मा झापाका सीतादेवि पौडेल, प्रदेश सभा क्षेत्र नं. २ मा सुनसरीका चन्द्रप्रसाद श्रेष्ठ, मोरङ प्रदेश सभा क्षेत्र नं.–२ को प्रदेश सभा क्षेत्र नं.१ मा सुनसरीका हेमराजकर्ण पौडेल प्रदेश सभा क्षेत्र नं.२ मा सिरहाका पूर्वसभासद डा. गणेश मण्डल, मोरङ क्षेत्र नं–३ को प्रदेश सभा क्षेत्र नं.१ मा उदयपुरका हिमाल कार्की, प्रदेश सभा क्षेत्र नं.२ मा झापाका खड्ग प्रसाइंलाई खटाइएको छ ।
मोरङ क्षेत्र नं–४को प्रदेश सभा क्षेत्र नं. १ मा प्रदेश सभासद झापाका ओमप्रकाश सरावगी, प्रदेश सभा क्षेत्र नं.२ मा ओखलढुंगाका मित्रसेन दाहाल, मोरङ क्षेत्र नं–५ को प्रदेश सभा क्षेत्र नं. १ मा सुनसरीका रेवतीरमण दुलाल र प्रदेश सभा क्षेत्र नं. २ मा झापाका भगिरथकुमार पोद्धार, मोरङ क्षेत्र नं–६ को प्रदेश सभा क्षेत्र नं. १ मा भोजपुरका उमेशजंग रायमाझी र प्रदेश सभा क्षेत्र नं.२ मा खोटाङका शिवकुमार बस्नेतलाई खटाइएको छ ।
सुनसरी क्षेत्र नं—१ को प्रदेश सभा क्षेत्र नं. १ मा संखुवासभाका थलकुमार लिंखा र प्रदेश सभा क्षेत्र नं. २ मा धनकुटाको आनन्दसन्तोषी राई, सुनसरी क्षेत्र नं—२ को प्रदेश सभा क्षेत्र नं.१ मा झापाका विनकुमार विश्वकर्मा, प्रदेश सभा क्षेत्र नं.२ मा झापाकै भुमिप्रसाद राजवंशी, सुनसरी क्षेत्र नं—३ प्रदेश सभा क्षेत्र नं. १ मा खाली र प्रदेश सभा क्षेत्र नं. २ मा धनकुटाका पूर्वसभापति हरि अधिकारीलाई खटाइएको छ । सुनसरी क्षेत्र नं—४ प्रदेश सभा क्षेत्र नं. १ मा मोरङका सुकदेवप्रसाद मण्डल, प्रदेश सभा क्षेत्र नं. २ मा मोरङका दिलिप गच्छदारलाई खटाईएको छ ।
राष्ट्रिय जागरण अभियानको लागि कर्णाली प्रदेशको रुकुम पश्चिम प्रदेश सभा क्षेत्र नं. १ मा जाजरकोटकी मैना रावल, प्रदेश सभा क्षेत्र नं.२ मा सल्यानका एकराज डाँगी, सल्यान प्रदेश सभा क्षेत्र नं.—१ मा पूर्वस्वास्थ्य राज्यमन्त्री सुर्खेतका खड्गबहादुर बस्याल, र प्रदेश सभा क्षेत्र नं.२ मा दैलेखकी सीता राना मगर, डोल्पा प्रदेश सभा क्षेत्र नं.—१ मा जाजरकोटका वेदराज सिंह र प्रदेश सभा क्षेत्र नं. २ मा जुम्लाका भीमनिधि हमाल, जुम्ला प्रदेश सभा क्षेत्र नं.—१ रुकुमका कृष्णबहादुर रोकाय र प्रदेश सभा क्षेत्र नं. २ मा सुर्खेतका टेकबहादुर सिंह, मुगु प्रदेश भा क्षेत्र नं १ मा पूर्वसांसद जुम्लाका ललितजंग शाही र प्रदेश सभा क्षेत्र नं. २ का कालिकोटका टेकबहादुर शाहीलाई खटाइएको छ । हुम्ला प्रदेश सभा क्षेत्र नं.—१ मा मुगुका पूर्वजिल्ला सभापति ऐनबहादुर शाही र प्रदेश सभा क्षेत्र नं.२ मा चितवनका दिनेश कोइरालालाई खटाइएको छ ।
पार्टीले कालिकोट प्रदेश सभा क्षेत्र नं.—१ मा मुगुका तिलक मल्ल र प्रदेश सभा क्षेत्र नं.२ मा पूर्वसांसद हुम्लाकी रिता शाहीलाई खटाइएको छ । जाजरकोट प्रदेश सभा क्षेत्र नं.—१ मा सुर्खेतका झकबहादुर डाँगी र प्रदेश सभा क्षेत्र नं. २ मा डोल्पाका पूर्वजिल्ला सभापति टंकप्रसाद उपाध्याय, दैलेख निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं.—१ मा कालिकोटका मोतिराम बम ठकुरी र प्रदेश सभा क्षेत्र नं.२ मा पूर्वसांसद जाजरकोटका राजीवविक्रम शाह, दैलेख क्षेत्र नं २ को प्रदेश सभा क्षेत्र नं.–१ मा जाजरकोटका पूर्वसभापति सनतकुमार कार्की र प्रदेश सभा क्षेत्र नं. २ मा सुर्खेतका लोकबहादुर विकलाई खटाइएको छ ।
सुर्खेत क्षेत्र नं—१ को प्रदेश सभा क्षेत्र नं.१ मा कालिकोटका पूर्वसभापति कालिबहादुर सहकारी र प्रदेश सभा क्षेत्र नं.२ मा दैलेखका जगतजंग थापा, सुर्खेत क्षेत्र नं –२ को प्रदेश सभा क्षेत्र नं. १ मा वाँकेका निरञ्जन सिंह सिजापति र प्रदेश सभा क्षेत्र नं.२ मा रुकुमका पूर्वसभापति मानबहादुर नेपालीलाई खटाइएको छ ।
कांग्रेसले सुदूरपश्चिम प्रदेशमा बाजुरा प्रदेश सभा क्षेत्र नं.—१ मा बैतडीमा उत्तरबहादुर ऐर र प्रदेश सभा क्षेत्र नं.२ मा अछामका बलबहादुर कुँवर, बझाङ प्रदेश सभा क्षेत्र नं.—१ मा बाजुराका पदमबहादुर शाही र प्रदेश सभा क्षेत्र नं. २ मा डडेलधुराका पूर्वसभासद नरभान कामी, डोटी प्रदेश सभा क्षेत्र नं.—१ मा कैलालीका पूर्व जिल्लाविकास समिति सभापति नारायणदत्त मिश्र र प्रदेश सभा क्षेत्र नं.२ मा बैतडीका हरिमोहन भण्डारीलाई खटाएको छ ।
अछाम क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं.—१ मा कैलालीका हिमबहादुर रावल र प्रदेश सभा क्षेत्र नं.२ मा कैलालीका पूर्व जिल्ला सभापति गोविन्दराज जोशी,अछाम क्षेत्र नं–२ वको प्रदेश सभा क्षेत्र नं. १ मा दार्चुलाका मदन गिरी र प्रदेश सभा क्षेत्र नं.२ मा कालिकोटका हिक्मतबहादुर विष्टलाई खटाएको छ ।
दार्चुला प्रदेश सभा क्षेत्र नं.—१मा कैलालीका लक्ष्मणबहादुर शाही र प्रदेश सभा क्षेत्र नं.२ मा कञ्चनपुरका गोपाल गुरुङ, बैतडीको प्रदेश सभा क्षेत्र नं.—१मा डडेल्धुराका पूर्वसभापति रघुवर भट्ट र प्रदेश सभा क्षेत्र नं.२ मा अछामका पूर्वसभापति पुष्पबहादुर शाही, डडेल्धुरा प्रदेश सभा क्षेत्र नं.—१ मा कञ्चनपुरका अन्तराम भट्ट र प्रदेश सभा क्षेत्र नं.२ मा कञ्चनपुरकै बेलबहादुर रानालाई खटाएको छ ।
कञ्चनपुरको क्षेत्र नं १ को प्रदेश सभा क्षेत्र नं.—१ मा कैलालीका पूर्वसांसद प्यारेलाल राना र प्रदेश सभा क्षेत्र नं. २ मा कैलालीका पूर्वसांसद वुद्धिसागर चौधरी, कञ्चनपुर क्षेत्र नं–२ को प्रदेश सभा क्षेत्र नं १ मा सभापति शेरबहादुर देउवा पत्नीडा. आरजु राणा देउवा र प्रदेश सभा क्षेत्र नं.२ मा कैलालीका टेकबहादुर रैका, कञ्चनपुर क्षेत्र नं –३ प्रदेश सभा क्षेत्र नं. १ मा दार्चुलाका बिक्रम सिंह धामी र प्रदेश सभा क्षेत्र नं. २ मा बैतडीका शिवराज भट्टलाई खटाइएको छ ।
कैलाली क्षेत्र न—१ को प्रदेश सभा क्षेत्र नं. १ मा दाङका कमलकिशोर घिमिरे र प्रदेश सभा क्षेत्र नं. २ मा बर्दियाका पूर्वजिल्ला सभापति अरुण प्रकाश सिंह राठौर, कैलालीको क्षेत्र नं –२ को प्रदेश सभा क्षेत्र नं.१ मा अछामका टेकबहादुर साउँद र प्रदेश सभा क्षेत्र नं. २ मा पूर्वसांसद अक्कलबहादुर विष्ट, कैलाली क्षेत्र नं–३ को प्रदेश सभा क्षेत्र नं. १ मा वाँकेका लक्ष्मीनारायण शाह र प्रदेश सभा क्षेत्र नं.२ मा प्रदेश सांसद अम्बीकुमारी थापालाई खटाइएको छ ।
कैलाली क्षेत्र नं–४ मा डोटीका योगेन्द्रबहादुर शाही र प्रदेश सभा क्षेत्र नं. २ मा पूर्वसांसद दिवान सिंह विष्ट, कैलाली क्षेत्र नं–५ को प्रदेश सभा क्षेत्र नं. १ मा बझाङका पूर्व जिल्ला सभापति पृथ्वीबहादुर सिंह र प्रदेश सभा क्षेत्र नं. २ अछामका पूर्वसभापति मेघराज खड्कालाई खटाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...