
काठमाडौं । पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा आज (आइतबार) हिउँदे वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान विभागकी मौसमविद् विनु महर्जनले पश्चिमी वायुको प्रभावका कारण हिउँदे वर्षा यो पटक ढिला गरी फागुन दोश्रो साता मात्र भएको हो ।
‘काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी परिरहेको छ,’ महर्जनले भनिन्, ‘यो लामो समय पर्ने पानी होइन । १ देखि २ घण्टासम्म पानी पर्दै सिस्टम क्लियर हुँदै जाने वर्षा हो।’
केही घन्टामै पानी रोकिएर आकाश खुल्ने भए पनि भोलि दिउँसो भने मौसम बदली हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । प्रि मनसुन शुरू हुन लागेकाले वर्षासँगै हावाहुरी पनि चल्न सक्ने भएकाले सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
राजधानी काठमाडौंमा कार्यालय समय सकिएर घर फर्कनेहरु अकस्मातको बर्षाका कारण रुझेर हिँड्न बाध्य थिए । उपत्यकामा यो पटक पाँच महिनापछि मात्र बर्षा भएको हो । हिउँदे वर्षा नहुँदा काठमाडौंमा धुवाँसँगै फैलिएको धुलोले वातावरण प्रदुषित भएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...