
काठमाडौं । स्वीट्जरल्याण्डको जेनेभा जाने तयारी गरिरहेकी परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन्।
संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री पौड्याल जेनेभा जाने तयारीमा थिइन्। तर आज साँझ अचानक प्रधानमन्त्रीले नजान भनेपछि उनको भ्रमण रद्ध भएको बालुवाटार स्रोतले बतायो ।
यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई ‘क’ श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन्। मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जा ले नेपालको मानव अधिकार आयोगलाई ‘ख’ श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो ।
मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । सो सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भने शुक्रबार कतारको राजधानी दोहा जाने कार्यक्रम छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...