
काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनले आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भएका कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा माहोल बनाउन सातै प्रदेशका संघीय र प्रदेश सांसदहरुको भेला गर्ने भएको छ ।
सत्ता गठबन्धनमा रहेका आठ दलहरुको आज सोमबार बसेको बैठकले सातै प्रदेशका राजधानीमा आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय भएको खानेपानी मन्त्री अब्दुल खाँनले बताए ।
बैठकले फागुन १८ गते काठमाडौंमा उपलब्ध सांसदको भेला गर्ने निर्णय गरेको छ । त्यस्तै, राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यदलको बैठकले निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कार्यदलको पहिलो बैठक आज बसेको थियो । राष्ट्रपति निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउन आठ दलका नेता सम्मिलित कार्यदल आइतबार बनेको थियो ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन्।
त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँन लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् । संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभा तथा प्रदेश सभाका सदस्यहरु राष्ट्रपति निर्वाचनको मतदाता हुन्छन्।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...