भारत सरकारको सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेज भवन हस्तान्तरण – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारत सरकारको सहयोगमा निर्मित मदन भण्डारी स्मृति कलेज भवन हस्तान्तरण

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजको नवनिर्मित भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्वपरराष्ट्र मन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष श्रीमती उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति थियो।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत सो कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा दुई करोड ८६ लाख ४० हजार लागतमा भएको हो।

स्थापनाकालदेखि कलेजले गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको सो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको हो । कलेजमा देशभरका एक हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययनरत छन्।

सन् २००३ यता भारतले नेपालमा ५३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा चार सय ७८ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

ती मध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन्। कलेजलाई भारत सरकारले एक स्कुल बससहित काठमाडौंका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ।

यस परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको निर्माणमार्फत नेपाली जनताको उत्थानका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकारले सहयोग पुर्याउदै आएको छ ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन १५, २०: ३३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन १५, २०: ३३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ फाल्गुन १५, २०: ३३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...