
हेटौंडा । जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिनेभएको छ ।
प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गत साता हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरका २ जना र सिन्धुलीका १ जनाका परिवारलाई प्रतिपरिवार एक–एक लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए ।
तग साता मकवानपुरको मनहरी–४ की ६४ वर्षीया राधा अधिकारी, बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको जंगली हात्तिको आक्रमणबाट मृत्यु भएको थियो ।
बैठकले मृतकका परिवारलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पहल गर्ने निर्णय पनि गरेको छ ।
बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोखरेलको राजीनामा स्विकृत गरेको छ भने कृषि मन्त्रालय मार्फत् स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शिर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय भएको छ।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...