काठमाडौं महानगरद्वारा पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

काठमाडौं महानगरद्वारा पशुपति क्षेत्रका अतिक्रमित संरचना हटाउन २४ घण्टे अल्टिमेटम

काठमाडौं । पशुपतिनाथ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ।

महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा निर्माण गरिएका संरचनाको निरीक्षणपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए ।

पशुपति क्षेत्र विकास कोषबाट प्रतिरोपनी जग्गा वार्षिक ५० हजार रुपैयाँ भाडामा लिएर मारवाडी सेवा समितिले १० रोपनी जग्गा गौशाला धर्मशालाका नाममा सञ्चालन गरिरहेको थाहा पाएपछि महानगरले गौशाला धर्मशालालाई निसाना बनाएको छ । त्यहाँ गौशालाको लागि भनेर कोषबाट जग्गा भाडामा लिए पनि पशल कवल र लज सञ्चालनमा छन् ।

पशुपति क्षेत्रमा २० भन्दा धेरै सटर विनादर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको थियो । धर्मशालाले नक्सा पासविना नै संरचना निर्माण गरेकोसमेत पाएकाले त्यस्ता संरचना हटाउने महानगरले जनाएको छ।

कोषले महानगरलाई बुधबार एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिइ अवैधरुपमा निर्माण गरिएका संरचना, सम्झौताविपरीतका व्यवसाय र अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो। सोहीअनुसार महानगरले बिहीबार अनुगमन गर्दै २४ घन्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

 

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन १९, १५: १८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन १९, १५: १८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ फाल्गुन १९, १५: १८

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...