एमसीसी खारेज गर्न भूमिका खेल्ने राष्ट्रपतिको उम्मेदवारलाई नेमकिपाले भोट दिने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एमसीसी खारेज गर्न भूमिका खेल्ने राष्ट्रपतिको उम्मेदवारलाई नेमकिपाले भोट दिने


भक्तपुर – नेपाल मजदुर किसान पार्टीले विहीबार हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भएकामध्ये रामचन्द्र पौडेल र सुभाषचन्द्रनेम्वाङमध्ये जसले एमसीसी खारेजको लागि भूमिका खेल्छ उसैलाई भोट दिने भएको छ ।

नेमकिपाका केन्द्रीय सचिव एवम् संघीय सांसद प्रेम सुवालले राष्ट्रपतिको चुनावमा नेमकिपाको भोट एमसीसी खारेजमा भूमिका खेल्न प्रतिवद्धता जनाउने उम्मेदवारलाई दिने बताएका हुन्। यसका लागि राष्ट्रपतिका उम्मेदवारहरु पौडेल र नेम्वाङलाई यही व्यहोराको चिठी पठाएको उनले बताए।

भक्तपुर ट्रक व्यवसायी प्रालिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिका उम्मेदबारहरुले भोट माग्ने मात्रै नभई प्रतिबद्धता जनाउन पनि आवश्यक भएको बताए। दुवै राष्ट्रपतिका उम्मेदवारहरु भोट माग्न मात्रै हिँडेको तर प्रतिबद्धता कुनै नआएको उनको गुनासो थियो ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन २३, १५: ३३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २३, १५: ३३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २३, १५: ३३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...