
काठमाडौं । नेपाली काँग्रेस पार्टीको नेताहरुको चरम गुटबन्दीका कारण पार्टीको खम्बाको रुपमा रहेको भातृ तथा शुभेच्छुक संस्थाहरु भताभुङ्ग हुने क्रम सुरु भएको छ । निकै विवादपछि गठन भएको नेविसंघको नेतृत्वलाई विघटन गरेर अहिलेसम्म न त महाअधिवेशनको मिति न त अर्को कमिटि बनाउन सकेका छन् ।
गुटबन्दीका कारण भागवण्डाको आधारमा बल्लबल्ल बनेको चार सदस्यीय तरुण दलमा देखिएको विवादले नेतृत्व विहिन हुने अवस्थामा पुुगेको छ । आन्तरिक संगठन र कार्यकर्तालाई परिचालन गर्ने र जागरण ल्याउने उदेश्यले भदौ २४ गतेदेखि १५ दिने लामो राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको कांग्रेसलाई भातृ संगठनमा भएको लफडाले निकै सकसमा पु¥याएको छ ।
दोश्रो चरणको जागरण अभियान भातृ संस्थालाई पूर्णता दिएर अघि बढाइने भनिए पनि कुनै पनि संस्थाले पूर्णता नदिइ अभियान संचालन गरेपछि तरुण दल महासचिव भुपेन्द्रजंग शाहीले नकारात्मक टिप्पणी गरेका थिए । उनले गरेको त्यही टिप्पणीले झगडाको रुप लिँदा तरुण दलको अस्तित्व नै संकटमा परेको छ ।
दुई बर्ष नौं महिनादेखि ४ सदस्यीय पदाधिकारीले चलाउँदै आएको तरुण दलमा अध्यक्ष र महासचिवले एकले अर्कोलाई कारबाही गरी निस्कासित गरेपछि २ सदस्य मात्र बाँकी रहेका छन् । महासचिव शाहीले वाढीपीडितको राहतको लागि भन्दै संकलन गरेको लाखौं रुपैयाँ हिनामिना गरेको, ९५ सदस्य हुनुपर्ने तरुण दललाई ४ सदस्यीयमा सीमित गरेको, आफूखुसी संगठनको काम गरेको र भ्रष्टाचारबिरुद्ध अख्तियार घेराउ कार्यक्रमलाई स्थगित गरेको आरोप लगाउँदै अध्यक्ष बस्नेतलाई साधारण सदस्य समेत नरहने गरी एक बर्षको लागि निस्कासन गरेको बताएका छन् ।
अध्यक्ष बस्नेतले भने पार्टी र तरुण दलको हित विपरित अनुशासनहिन काम गरेकोले विधानको दफा ४४ अनुसार शाहीलाई महासचिव र तरुण दलको कुनै पनि सदस्य नरहने गरी कारबाही गरिएको जनाएका छन् । यसअघि महासचिव शाहीले ‘भ्रष्टाचारमुक्त नेपाल–शुसासनयुक्त नेपाल’ अभियान अन्तर्गत जिल्ला, नगर, गाउँ, वडा सबै ठाउँमा हाल देखिएको भ्रष्टाचारबिरुद्ध फण्डाफोर अभियान सञ्चालन गर्ने’ भन्दै सबै जिल्ला कार्य समितिलाई पत्राचार गरेपछि अध्यक्ष बस्नेतसँग सम्बन्ध चिसिएको थियो ।
शाहीले भातृ संस्थालाई पूर्णता नदिइ थालिएको जागरण अभियानलाई नौटंकीको संज्ञा दिएका थिए । त्यसपछि महासचिव शाहीले २४ गते मंगलबार सिन्धुपाल्चोकका उपसभापति सगुन श्रेष्ठलाई गरेको कारबाही फुकुवा गर्न र सप्तरी तरुण दल अध्यक्षमा सिता प्रसाद यादवलाई नियुक्त गरेका थिए । शाहीले बुधबार पनि विज्ञप्ती जारी गर्दै भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रिय जागरण अभियानको क्रममा अघि बढाउने आफ्नो प्रस्तावलाई स्वीकार्न नसकेको भन्दै पुनः अभियानलाई निरन्तरता दिन आग्रह गर्दै पत्राचार गरेका थिए ।
शाहीको वक्तव्यलाई काउण्टर दिँदै तरुण दल अध्यक्ष जीतजंग बस्नेतले भदौ २५ गते संगठनका लाखौं साथीहरुमा भ्रम र द्धिविधा सृजना गर्ने दुषित मनसायले आफ्नो पदिय मर्यादालाई शाहीले कुल्चिएकोले आइन्दा त्यस्तो नगर्न सचेत गराएका थिए । उनले दलका महासचिव भूपेन्द्रजंग शाहीले विधान, विधि र प्रक्रिया एवं सिद्धान्त र आदर्श विपरित गइ पत्राचार एबं कार्यहरु अबैधानिक भएको हुँदा भ्रममा नपर्न सबैमा आग्रह गरेका थिए । उनले महासचिव शाहीलाई पदिय जिम्मेवारीको परिधि नाघेकोले भन्दै सचेत गराएका थिए ।
अध्यक्ष बस्नेतले भने बिधानले अध्यक्षवाहेक कसैलाई पनि कोहीमाथि गरिएको कारवाही फुकुवा गर्ने अधिकार नभएको भन्दै सबै निर्णय यथावत् रहेको र कुनै पनि जिल्लामा हाल कसैलाई मनोनित नगरिएको बताएका थिए । शाहीले तरुण दल अध्यक्षको अवदेखि कुनै पनि अवैधानिक र एकल निर्णय गर्ने अधिकार नभएको समेत दाबी गरेका थिए ।
देश भ्रष्टाचारबाट आक्रान्त बनेको छ । भ्रष्टाचारमा देश डुब्न लागेको बेला तरुण दल टुलुटुलु हेरेर बस्न मिल्दैन भनेर आफूले सबै खाले भ्रष्टाचारविरुद्ध देशब्यापी भण्डाफोर अभियान संचालन गरांै भन्दा अध्यक्षले अश्वीकार गरेको आफूलाई विधान विपरित काम गरेको शाहीको आरोप शाहीको छ ।
काठमाडौं : अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । हाल उनी काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत...
जनकपुरधाम : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ...
काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ। प्रहरीका अनुसार...