राष्ट्रपतिको निर्वाचनमा राप्रपाले मतदान नगर्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
संघीय र प्रदेश निर्वाचन तथा सरकार निर्माणमा एमाले र राप्रपाबीच गठबन्धन थियो

राष्ट्रपतिको निर्वाचनमा राप्रपाले मतदान नगर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने भएको छ। राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बुधबार साँझ सम्पन्न बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए।

राष्ट्रपति पदका लागि विहीबार निर्वाचन हुँदैछ । नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन्।

पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो । राष्ट्रपति निर्वाचनमा संघीय संसदका एक जना सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको ४८ मतभार हुन्छ ।

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्रको पक्षमा ९ दलले समर्थन गरेका छन् भने संघीय संसदमा मात्र १९ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टीले कुन उम्मेदवारलाई मत दिने भनेर निर्णय गरेको छैन।

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा प्रदेश सभा निर्वाचनमा एमाले र राप्रपाले धेरै स्थानमा तालमेल गरेका थिए । एमालेसँग साँठगाँठ नगरी राप्रपाका उम्मेदवारले जुम्लामा मात्र प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। राप्रपाले एमालेको प्रस्तावमा माओबादी केन्द्र संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री निर्माणमा सहमति जनाएका थिए।

ेएमालेले राष्ट्रपतिमा कांग्रेसले अघि सारेका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन नगरेपछि एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले राजिनामा दिइसकेका छन्। राजसंस्था पुनःस्थापनाको एजेण्डा लिएर संघीय र प्रदेश सभा निर्वाचनमा होमिएको राप्रपा गणतन्त्रबिरोधी पार्टी भएकाले राष्ट्रपति निर्वाचनमा तठस्थ बस्नुु पर्ने दबाब पार्टी भित्रैबाट थियो।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ फाल्गुन २४, १९: २८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ फाल्गुन २४, १९: २८

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ फाल्गुन २४, १९: २८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...