
काठमाडौं । विहीबार हुने राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिष्पर्धी एमाले उपाध्यक्ष सुभाषचन्द्र नेम्वाङभन्दा करिव चार हजार मतान्तरले विजयी हुने भएका छन्।
निर्वाचनमा संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रत्येक सदस्यको मतभार ७९ हुन्छ भने प्रदेश सभाका हरेक सदस्यहरुको मतभार ४८ हुन्छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८ सय ८२ मतदाता कायम भएको जनाएको छ । प्रदेशसभाका ५ सय ५० सदस्य र संघीय संसद्का ३ सय ३२ गरी कुल ८ सय ८२ जना मतदाता छन्।
संसदीय अंकगणितका हिसाबबाट राष्ट्रपतिमा आठ दलीय गठबन्धनसंग प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभामा गरी ३१ हजार ९ सय ७८ मतभार छ। एमालेका पक्षमा भने प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभामा गरी कुल १६ हजार २ सय २१ मतभार देखिन्छ।
कांग्रेससँग प्रतिनिधिसभामा ६ हजार ९ सय ५२ मतभार छ । यसैगरी, राष्ट्रिय सभामा ८ सय ६९ मतभार छ। कांग्रेससँग कोसी प्रदेशमा १ हजार ३ सय ९२, मधेस प्रदेशमा १ हजार ५६, बाग्मतीमा १ हजार ७ सय ७६, गण्डकीमा १ हजार २ सय ९६, लुम्बिनीमा १ हजार २ सय ९६, कर्णालीमा ६ सय ७२ सुदूरपश्चिममा ९ सय १२ गरी जम्मा १६ हजार २ सय २१ मतभार छ । संघ र प्रप्रदेशमा गरी कांग्रेससँग एमालेभन्दा बढी मतभार छ।
एमालेसँग प्रतिनिधिसभामा ६ हजार १ सय ६२, राष्ट्रिय सभामा १ हजार ३ सय ४३, कोसी प्रदेशमा १ हजार ९ सय २०, मधेसमा १ हजार १ सय ४, बाग्मतीमा १ हजार २ सय ९६, गण्डकीमा १ हजार ५६, लुम्बिनीमा १ हजार ३ सय ९२, कर्णालीमा ४ सय ८०, सुदूरपश्चिममा ४ सय ८० गरी जम्मा १५ हजार २ सय ३३ मतभार छ।
माओवादी केन्द्रसँग प्रतिनिधिसभामा २ हजार ५ सय २८, राष्ट्रिय सभामा १ हजार २ सय ६४, कोसीमा ६ सय २४, मधेसमा ३ सय ४८, बाग्मतीमा १ हजार ८, गण्डकीमा ३ सय ६६, लुम्बिनीमा ४ सय ३२, कर्णालीमा ६ सय २४ र सुदूरपश्चिममा ५ सय २८ गरी कुल ७ हजार ७ सय ५८ मतभार छ।
नेकपा एकीकृत समाजवादीसँग संघ र प्रदेशमा गरी २ हजार ६ सय २२ मतभार छ भने जनता समाजबादी पार्टी (जसपा) नेपालसँग २ हजार १ सय ४५ मत रहेको छ ।
लोकतान्त्रिक समाजबादी पार्टीसँग ९ सय ७१, नागरिक उन्मुक्ति पार्टीसँग ८ सय १३, जनमतसँग १ हजार २ सय ४२ र राष्ट्रिय जनमोर्चासँग २ सय ६ मतभार छ।
राष्ट्रपतिको निर्वाचनमा भाग नै नलिने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग संघ र प्रदेशमा गरी २ हजार ४ सय ५० मतभार छ। राष्ट्रिपतिको निर्वाचनमा कसलाई मत दिने भनेर निर्णय गर्न वाँकी राखेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग १ हजार ५ सय १ मत छ । रास्वपाका प्रतिनिधिसभामा मात्र १९ सदस्य छन्।
नेमकिपासँग २ सय २३, नेपाल संघीय समाजवादीसँग ४८ (मधेस प्रदेशसभामा), हाम्रो नेपाली पार्टीसँग ९६ (बाग्मतीमा) मतभार छ । संघ र प्रदेशमा गरेर स्वतन्त्र सांसदको मतभार १ हजार ५० छ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...