
काठमाडौं । वर्तमान संयुक्त सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही चैत ६ गते सोमबार फेरि विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री निवास वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेका छन्। गत पुस १० गते आइतबार प्रधानमन्त्रीमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएका दाहालले फेरि चैत ६ गते विश्वासको मत लिने भएकी हुन्।
पुस ११ गते सपथ लिएका प्रधानमन्त्री दाहालले पुस २६ गते मंगलबार संघीय संसदका दुवै सदनका सदस्य सम्मिलित संयुक्त सदनबाट विश्वासको मत लिने प्रस्ताव पेश गर्दा दुई तिहाई बढी बहुमतबाट स्वीकृत भएको थियो ।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत भने प्रमुख प्रतिपक्षी दलमा बस्ने कांग्रेसले समेत दिएको थियो। त्यस लगत्तै तत्कालिन सत्ता गठबन्धनका नेता तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेृसले ढाृेक्सा थापेको हो भने त्यो पुरा नहुने चेतावनी दिएका थिए।
कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेर राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णयसँगै सरकारको नेतृत्व गरिरहेका माओबादी अध्यक्ष दहालले कांग्रेसको समर्थनमा सरकार संचालन गर्ने योजना बनाएसँगै सरकारबाट एमालेका ८, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएका थिए।
एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि संविधान बमोजिम प्रधानमन्त्री दाहाललले संघीय संसदको दुवै सदनका सदस्यबाट विश्वासको मत लिनु पर्छ ।
विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...