
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी पार्टीवीच एकता भएको छ। कमलादीस्थित प्रतिष्ठानमा आयोजित विशेष समारोहमा विप्लव नेतृत्वको नेकपा र बुढा नेतृत्वको माओवादी समाजवादी पार्टीबीच एकता घोषणा भएको हो।
पार्टी एकता घोषणा सभामा उनीहरुले अहिले संकटग्रस्त दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाको स्वेच्छारी शासन चलेको टिप्पणी गरेका छन्। ‘मुठ्ठीभर दलाल पुँजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर छ। मिटर ब्याज, लघुवित्त, धेरै जसो वित्तीय सहकारी र ठूला बैंकको चर्को ब्याजले गरीब किसान, व्यवसायी, मध्यमवर्ग र राष्ट्रिय उद्योग÷व्यवसायीहरु संकटमा पर्दै गएका छन्’ दुवै दलका नेताहरु विप्लव र बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...