
काठमाडौं । उपराष्ट्रपतिको निर्वाचनको मतदान कार्य संसद भवन नयाँ वानेश्वरमा सम्पन्न भएसँगै मत गणना शुरु भएको छ । उपराष्ट्रपतिवको निर्वाचनमा आठ सय ८२ मध्ये आठ सय २९ सांसदले मात्र शुक्रबार मतदान गरेका छन्। संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ सांसदले मतदान गरेका हुन्।
संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ छ । उपराष्ट्रपतिमा जनता समाजबादी पार्टी नेपाल संसदीय दलका नेता रामसहाय प्रसाद यादव, जनमत पार्टीकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छन्। जसपाका यादवलाई सत्ता गठबन्धनमा आबद्ध प्रमुख चार दलको समर्थन रहेकोले विजयी हुने देखिन्छ।
उपराष्ट्रपतिको निर्वाचनमा राप्रपा र नेमकिपाका सांसदले मतदान प्रक्रियामा भाग लिएनन्। सत्ता गठबन्धनकै जनमत पार्टीकी ममता झालाई भने नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजबादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन छ ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...