
काठमाडौं । सभामुख देवराज घिमिरेले शुक्रबार नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलसँग ‘पत्रकारहरु बिक्रीमा छन्’ भन्दै गम्भीर आरोपबारेमा प्रतिनिधि सभामा संसदहरुले आपत्ति प्रकट गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले पत्रकार र पत्रकारिताबारे अभिव्यक्ति दिंदा त्यसले प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन भनी प्रश्न गरे।
सभामुखज्यू पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ। व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिंदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्,’ उनले भने।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुखको अभिव्यक्ति सार्वजनिक महत्वको विषय हुने भन्दै ‘पत्रकारहरुकोबारे अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति बनाउनु प¥यो। कुन–कुन हो पित पत्रककारिता गर्ने ?’ उनले भने ।
शुक्रबार सभामुख घिमिरेले भनेका थिए, ‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन् । पीत पत्रकारिता अहिले पनि निकै डरलाग्दो छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’ तर, उनको यो गम्भीर आरोपलाई लिएर सरोकारवालाहरुले आपत्ति जनाउँदै आएका छन्।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...