काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एक-दुई दिन भित्रै नेपाली कांग्रेस अहिलेको सरकारमा सहभागी हुने बताएका छन्। गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आज नेपाल प्रेस युनियनले बत्तिसपुतलीमा आयोजना गरिएको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक गोष्ठिमा कोइरालाले यस्तो बताएका हुन्।
उनले वर्तमान सरकारमा सहभागी भएर कुनै गल्ती वा कमजोरी गर्ने छुट अब कांग्रेसलाई नभएको बताए । उनले भने ‘सरकारमा गएर कांग्रेसका कुनै पनि मन्त्रीले गल्ती कमजोरी गर्न हुँदैन । नेतृत्व गरेर सरकारमा जाने साथिहरुले त्यो जिम्मेवारी पुरा गर्नु पर्छ। यो सरकारलाई राम्ररी चलाएर सफल बनाउनु पर्छ।’
उनले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कांग्रेसले सँधै आत्मसाथ गरेको भन्दै कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले शुरु गरेको शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन द्वन्द्वपीडितले न्याय पउने गरी संक्रमणकालिन न्याय सम्वन्धी ऐनलाई संशोधन गर्नु पर्ने खाँचो औल्याए।
हिंसात्मक राजनीतिको अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिमा आएको माओबादी केन्द्रसँग १२ बुँदे समझदारी गर्न तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको योगदान महत्वपूर्ण र ऐतिहासिक रहेको भन्दै नेता डा. कोइरालाले १२ बुँदे समझदारीमा पूर्ण प्रजातन्त्र भन्ने शब्द राख्नु पर्ने अडानबाटै गणतन्त्रको मार्गचित्र कोरिएको बताए ।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...