द्वन्द्वपीडितलाई न्याय दिन ढिला गरे समस्यामा फस्ने गगनको चेतावनी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

द्वन्द्वपीडितलाई न्याय दिन ढिला गरे समस्यामा फस्ने गगनको चेतावनी

काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री गगनकुमार थापाले यो या त्यो नाममा संक्रमणकालिन न्यायको नाममा द्वन्द्व पीडितलाई न्याय दिन ढिलाई भए त्यो समस्या झन जटिल बन्न सक्ने चेतावनी दिएका छन्।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले मंगलबार राजधानीमा आयोजना गरेको नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक गोष्ठिलाई संवोधन गर्दै महामन्त्री थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय चाँडो टुंग्याउनुपर्ने बताएका हुन्।

महामन्त्री थापाले भने ‘दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्न नेकपा एमालेले पनि अब असयहयोग होइन समाधानको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन।’

थापाले संक्रमणकालीन न्यायको विषयमा पीडितको भावनालाई संवोधन गरी सम्मान र न्यायको अनुभूत हुनेगरी काम गर्नु पर्छ नत्र त्यस्तो विषयमा मानवअधिकारको रक्षा भएको छ कि छैन भन्ने विषय संसारको कसीमा पनि ठिक हुनुपर्ने बताए । उनले मानवअधिकारको विषय हाम्रो मात्र व्यवहारले ठीक हो वा होइन भनेर नहुने जनाए ।

अर्को एक प्रसंगमा थापाले तत्कालिन प्रधानमन्त्री गिरि।जाप्रसाद कोइरालाले २०४९ देखि २०५१ सालसम्म सरकारको नेतृत्व गर्दा बसालेको देशको आर्थिक पूर्वाधारको जगमा देश अडिएको दाबी गरे । उनले देशको हालको आर्थिक अवस्थामा तुलनात्मक रुपमा कमजोर नहुनुको पछि सोही सरकारले बनाएका संरचनाले सम्भव भएको बताए ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ७, २१: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ७, २१: ५७

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ७, २१: ५७

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...