माओबादी सहितको गठबन्धनलाई कसैले हल्लाउन सक्दैन –कांग्रेस नेता निधी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माओबादी सहितको गठबन्धनलाई कसैले हल्लाउन सक्दैन –कांग्रेस नेता निधी

 

राजविराज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले कांग्रेस– माओवादीसहितको सत्तागठबन्धनलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।

सप्तरीको कंचनरूप नगरपालिकामा मंगलबारदेखि शुरु भएको मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै नेता निधीले सरकार मात्र नभई अहिलेको संसद् पनि पाँच वर्षसम्म कार्यान्वयनमा रहने बताएका हुन्।

उनले कुनै पनि बहानामा संसद बिघटन गर्न नहुने जिकिर गरे। उनले केन्द्रमा दुई–तीन दिनभित्रै सरकारले पूर्णता पाउने बताए। गठबन्धनबाट पाँच बर्षभित्र तीन जना प्रधानमन्त्री हुने सहमति भएको भन्दै उनले त्यही जनादेश अनुसार आफूहरु अघि बढ्ने उल्लेख गरे।

संघीय सरकारले पूर्णता पाए लगत्तै सातवटै प्रदेशमा गठबन्धनको सरकार गठन हुने निधिले बताए। प्रदेश सरकारमध्ये केहीमा कांग्रेसले नेतृत्व गर्ने र केहीमा सरकारमा सहभागी हुने भन्दै उनले अहिले नेतृत्व नपाएको प्रदेशमा पाँच बर्षभित्र कांग्रेसको नेतृत्वमा प्रदेश सरकार गठन हुने पनि जानकारी गराए।

आगामी वैशाख १० गते हुने उपनिर्बाचनमा सत्ता गठबन्धनबीच सहमति गरी उम्मेदवारी दिइने उनले जानकारी दिए। कतै कांग्रेस त कतै गठबन्धनको उम्मेदवार हुने पनि उनको भनाई थियो।

कंचनरूप नगरपालिकाका प्रमुख ललन गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस सांसद दिनेश यादव, पूर्बमन्त्री सत्यनारायण चौधरी, पूर्व सांसद डा. सूर्यनारायण यादवलगायतले खेलकूदको महत्वमाथि प्रकाश पारेका थिए।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ८, १५: १३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ८, १५: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ८, १५: १३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...