
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले पदभार सम्हालेको भोलिपल्टै नेपाल प्रहरीका चार जना नायव महानिरिक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरिक्षकका लागि बढुवा गर्न सिफारिस गरेका छन् । प्रहरीका उच्च अधिकृतको सरुवा र बढुवामा देखिने राजनीतिक र वाहिय हस्तक्षेपलाई टार्ने संकेत आईजीपी कुँवरले देखाएका छन्।
आईतबार मात्र प्रहरी महानिरिक्षकको जिम्मेवारी सम्हालेका कुँवरले आफ्ना व्याजी सहकर्मीमध्ये चार जनालाई एआईजीपीमा बढुवाको लागि सिफारिस गरेका हुन्। गृहसचिव विनोद प्रकाश सिंह नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले डिआईजीहरु सन्दीप भन्डारी, सुदीप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङको बढुवा सिफारिस गरेको हो।
बरियतामा अघि रहेकालाई नै बढुवा सिफारिस गरिएको छ। प्रहरीका उच्च अधिकृतको बढुवा समितिमा आईजीपी सदस्य सचिव रहने व्यवस्था छ। यसअघि तत्लो दर्जाका प्रहरी अधिकारीहरुको सरुवादेखि माथिल्लो तहका प्रहरी अधिकारीहरुको सरुवा र बढुवामा विवाद हुँदै आएको थियो।
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...