
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६ को बिन्दुमा पुगेर बन्द भएको छ।
कारोबार अवधिभर १८६४.९१ विन्दुसम्म झरेको नेप्से कारोबार समयको अन्तिममा फर्किएको हो। आज सेन्सेटिभ इण्डेक्स २.०४ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७८ अंक बढेको छ।
सोमबार नेप्से टेवा क्षेत्रबाट फर्किएको हो। नेप्सेको हालको टेवा क्षेत्र १८५० देखि १८८० को क्षेत्र रहेको छ। आगामी दिनमा नेप्से १९६५ भन्दा माथि बन्द भएमा रिभर्सलको संकेत मान्न सकिन्छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २८ करोडको शेयर खरिदबिक्री भएको बजारमा सोमबार २६१ स्टकको ३६ हजार ९८० पटकको कारोबारमा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको ४३ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सोमबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर, एशियन हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन अजोड इन्स्योरेन्स्को शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।
लाभांश संशोधन गरेको नेशनल माइक्रोफाइनान्सको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै शेयरमूल्य घट्न पुगेको हो। त्यसैगरी, यस दिन जाल्पा लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा आज हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको करिब ६ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, जीवन विकास लघुवित्त र नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक घटेको हो।
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ३.६२...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...