असोक राईको नेतृत्वमा प्रचण्ड सरकारमा जाने जसपाको निर्णय – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

असोक राईको नेतृत्वमा प्रचण्ड सरकारमा जाने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीका बरिष्ठ नेता अशोक राईको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने भएको छ।

दुई मन्त्रालय पाउने जसपाले राईको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो। यस्तै, मधेस प्रदेश सरकारको नेतृत्व पनि जसपाले गर्नेगरी गठबन्धनमा लगभग सहमति जुटिसकेको जसपाका एक नेताले बताए ।

त्यस्तै जसपाबाट अर्को मन्त्रीमा राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शासलगायत नेताहरूले दाबी गरेका छन्। पार्टीले मन्त्री छान्ने अधिकार भने पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइसकेको छ । स्रोतका अनुसार जसपाले सहरी विकास र शिक्षा मन्त्रालय दाबी गरिरहेको छ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र १४, १४: ३९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र १४, १४: ३९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र १४, १४: ३९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...