
काठमाडौँ । गृहसहित ३ मन्त्रालयको दाबी गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने सहमति भएपछि सो मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका माओबादी केन्द्रका नेता तथगा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने भएका छन्।
गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताएका हुन्। यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय पनि फेर्न तयारी भइरहेको छ। माओवादीले पाएका अन्य मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन्। राष्ट्रिय सभाका सांसद श्रेष्ठ माओबादी केन्द्रका अध्यक्ष दाहालपछि पार्टीभित्र मर्यादाक्रममा दोश्रो नम्वरमा छन्।
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...