नेकपा एसबाट ज्वाला मन्त्री बन्ने पक्का – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेकपा एसबाट ज्वाला मन्त्री बन्ने पक्का

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सल्यानबाट निर्वाचित सांसद प्रकाश ज्वाला बुढाथोकी मन्त्री बन्ने भएका छन्। पार्टीले उनलाई आजै साँझसम्म सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय सचिवालयको बुधबार बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए।

स्रोतका अनुसार नेकपा एकीकृत समाजबादीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधारको बिकल्पमा वन तथा वातावरण लिन प्रस्ताव गरेपनि उसले अर्को कृषि तथा भूमिव्यवास्था र श्रम तथा रोजगार मन्त्रालय दाबी गरेको छ।

नेकपा एसबाट पूर्वसभामुख भानुभक्त जैशी, पार्टी उपाध्यक्ष बेदुराम भुषाल, राजेन्द्र प्रसाद पाण्डे, किशान श्रेष्ठ र प्रेमबहादुर आलेले मन्त्रीको लागि दाबी गरेका छन्। तर प्रधानमन्त्री दाहाल ती मध्ये एक जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाउन चाहन्छन् । तर नेकपा एसले भने तीन मन्त्रालयको दाबी छाडेको छैन्।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र १५, १६: ५१

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र १५, १६: ५१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र १५, १६: ५१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...