
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको तर्फबाट नेतृत्व गर्दै उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री दाहालले पहिलो चरणमा बुधबार (आजै) मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुने निश्चित भएको छ। योसँगै कांग्रेसबाट सरकारमा जाने भन्ने चर्चामा आएका नेताहरु डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र डा. शशांक कोइरालाको सम्भावना नहुने देखिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले आठ मन्त्रालयमा दाबी पेस गरेको छ। स्रोतका अनुसार कांग्रेसको भागमा अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालिका मन्त्रालय पर्ने सम्भावना छ।
यसअघि एकीकृत समाजवादीले प्रकाश ज्वालालाइ पहिलो चरणमा सरकारमा पठाउने निर्णय गरिसकेको छ । उनीहरूलाइ आजै सपथग्रहण गराइने सम्भावना रहेको जनाइएको छ। यस्तै जनता समाजबादी पार्टी (जसपा)ले पार्टीका बरिष्ठ नेता असोक राईलाई सरकारमा पठाने निर्णय गरिसकेको छ। नागरिरक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पठाउने सम्भावना छ भने लोकतान्त्रिक समाजबादी पार्टीले सकलाई पठाउने भनेर निर्णय गरेको छैन ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...