एकीकृत समाजबादीबाट भुषाल र ज्वाला मन्त्री बन्ने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एकीकृत समाजबादीबाट भुषाल र ज्वाला मन्त्री बन्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका छन्।

बुधबार बसेको नेकपा एसको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो। यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी गरिरहेका छन्। यसअघि बैठकको जानकारी दिँदै पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीबाट ज्वाला मन्त्री हुने पक्का भएको बताएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन्। साथै पहिलो चरणमा एक जनाको नाम पठाउन भनेका छन्। नेकपा एसले भने पार्टीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्ने भएका छन्। भुषाललाई शिक्षा, कृषि र श्रम मन्त्रालयमध्ये एक दिने सम्भावनाछ।

ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भने गृह मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

बुधबार साँझसम्ममा कांग्रेस, नेकपा (एस) र जनता समाजबादी पार्टीबाट एक –एक जनालाई मन्त्रीको सपथ ग्रहण गराउने प्रधानमन्त्री दाहालले योजना बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुटारमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको दोश्रो चरणको बैठक बसिरहेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ चैत्र १५, १८: ०६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र १५, १८: ०६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ चैत्र १५, १८: ०६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...