
चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ‘नो नट अगेन’ भन्ने पार्टीका नेताहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनु लाजमर्दो भएको बताए।
चितवनमा सोमबार भएको चुनावी सभालाई संवोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै महामन्त्री शर्माले भने ‘नो नट अगेन; भन्ने व्यक्तिले पुस ११ गते प्रधानमन्त्री दाहाल नेतृत्वको मन्त्रिपरिषद्मा उपप्रधानसहित गृहमन्त्री बन्दिन र सहभागी हुन्न भन्न नसक्नु लाजमर्दो विषय भएको बताएका हुन्।
वैशाख १० गते हुने प्रतिनिधिसभाको उपनिर्वाचनको सन्दर्भमा चितवन –२ बाट कांग्रेसले उम्मेदवारको रुपमा अघि सारेका जितनारायण श्रेष्ठको मनोनयन दर्ताको कार्यक्रममा सहभागी हुन चितवन पुगेका शर्माले लामिछानेले मिडियाप्रति लगाएको लाल्छनापति समेत असन्तुष्टि व्यक्त गरेका छन्।
‘‘यो देशको लोकतन्त्रमा राजनीतिक दलको मात्र होइन, मिडियाले पनि उत्तिकै योगदान गरेका छन् । लोकतन्त्रका लागि रगत बगाएका छन् । सहादत दिएका छन्, संघर्ष गरेका छन् । म पनि टेलिभिजनमा सामाजिक रूपान्तरणको कार्यक्रम ‘ऐना’ चलाएर आएको हुँ’, रवितर्फ संकेत गर्दै शर्माले भने, ‘टेलिभिजनमा हुन्जेल नेता जति सबै खराब, राजनीतिमा गएपछि मिडियाजति सबै खराब, १२ भाइ खराब भन्ने कुरा नैतिक हुन सक्दैन।’
चितवन कांग्रेसले जितनारायणलाई उम्मेदवार बनाएर न्याय गरेको भन्दै यो पटक कांग्रेसको जित हुने शर्माले दाबी गरे। उनले भने, ‘आज पार्टीले ठीक निर्णय गरेको छ । जीतनारायणजीलाई उम्मेदवार बनाएको छ। तपाईंहरूले परिणाममा पनि नामजस्तै जीतनारायण बनाउनुहुनेछ।’
उनले जहिले पनि सतिले सरापेको कारण देश बनेन भनेर कुर्लेर मात्र देश निर्माण नहुने बताए। गठवन्धनको तर्फबाट उम्मेदवार बनेका जितनारायणले चितवनको सबैखाले विषय बुझेको र उनले जिते समग्र चितवनको मुहार फेरिने शर्माको भनाई रहेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...