रवि लामिछानेविरुद्धको रिटमा आज हुने सुनुवाई स्थगित – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

रवि लामिछानेविरुद्धको रिटमा आज हुने सुनुवाई स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने सरकारको निर्णयबिरुद्धको रिटमाथि आज हुने भनेको सुनुवाई स्थगित भएको छ।

उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा मंगलबार सुनुवाई हुने भनिएको थियो। न्यायाधीश सिन्हाले संवैधानिक इजलासमा रबीसँग सम्वन्धित मुद्धाको सुनुवाइ गरेकाले मुद्दा हेर्न नमिल्ने भन्दै रिटमाथि सुनुवाइ नभएको हो।

अधिवक्ता युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। उनीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै पौडेलले रिट हालेका हुन्।

गत चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने भनी प्रहरी र सरकारी वकिलको कार्यालयले गरेको निर्णय सद्धर गरेको थियो। सोमबार दायर रिटमा लामिछानेले अमेरिकी नागरिक हुँदाहुँदै नेपाली राहदानी प्राप्त गरी कसुर गरेको जिकिर गरिएको छ।

यसअघि, सांसद पदको योग्यतासम्बन्धी रिटमा लामिछानेले आफूले अमेरिकी नागरिक रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए। राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको झुटो विवरण पेस गरेका थिए। सो कार्य राहदानी ऐन, २०७६ र साविक राहदानी ऐन, २०२४ बमोजिम कसुर ठहर्ने भन्दै उनीविरुद्ध मुद्दा चलाउन माग गरिएको हो।

पौडेलले यसअघि लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिट दायर गरेका थिए। सर्वोच्चको संवैधानिक इजलासले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नभएको भन्दै उनको सांसद पद खारेज गरेको थियो।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७९ चैत्र २१, १५: २०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र २१, १५: २०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७९ चैत्र २१, १५: २०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...