नयाँ वसपार्क र गोङ्गबु क्षेत्रमा ‘स्वीप अपरेसन’ ९२ जना नियन्त्रणमा – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नयाँ वसपार्क र गोङ्गबु क्षेत्रमा ‘स्वीप अपरेसन’ ९२ जना नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क र गोङ्गबु क्षेत्रका विभिन्न होटल, लज तथा दोहोरी साँझमा अवाञ्छित गतिविधि गर्ने ९२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–२६ र टोखा नगरपालिका–९ का क्षेत्रबाट ३६ जना महिला र ५६ जना पुरुष गरी ९२ जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमडाौं र बालाजु वृतको प्रहरी टोलीले बसपार्क एरियाका रात्री क्लबहरुबाट समेत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

उनीहरूले बसपार्क एरियामा रहेका होटल तथा दोहोरी रेष्टुरेण्टमा आउने ग्राहकलाई बढी बिल लिने, होटलमा जान बलजफ्ती गर्ने, बाटोमा हिँड्ने पैदल यात्रुलाई प्रलोभनमा पारेर फसाउने जस्ता क्रियाकलाप गर्दै आएका थिए।

यसका साथै ती इलाकामा लागूऔषध तस्करी तथा कारोबार गर्ने, यौनधन्दा चलाउने तथा अप्ठ्यारोमा परेका महिलालाई बाध्य पारेर यौन कर्ममा लगाउने जस्ता घटनाहरू बढिरहेको थियो। त्यहाँका स्थानीय तथा सर्वसाधारणले प्रहरीसमक्ष गुनासो गरेका थिए।

यस्ता घटना र गुनासो बढ्दै गएपछि प्रहरीले स्विप अपरेसन नै सञ्चालन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो। अनुसन्धानमा सक्रिय प्रहरीका अनुसार विभिन्न जिल्लाबाट राजधानी आउने व्यक्तिको मुख्य थलो बसपार्कमा भेटिएका सोझासिधा व्यक्ति यस्ता समूहको टार्गेटमा पर्छन्।

उनीहरूले समस्यामा परेका व्यक्तिलाई विभिन्न बहानामा लुट्ने गर्छन्। तानातान गरेर होटलमा लैजाने, रात्रि क्लबमा छिरेर हुलदंगा गर्ने, मापसे गरेर झै–झगडा र एक आपसमा कुटपिट गर्ने लगायतका कार्य गर्छन्।

होटलमा पुगेका ग्राहकलाई लुट्ने नियतले नै यस्ता समूह पछि लाग्ने गर्छन्। विभिन्न युवतीहरू प्रयोग गरेर ग्राहक लुट्न सक्रिय होटल सञ्चालक पनि प्रहरी नियन्त्रणमा परेका छन्।

बढी बिल बनाएर ठगी गर्ने रेष्टुरेण्ट सञ्चालक पनि प्रहरीको फन्दामा परेका छन्। पक्राउ परेका समूहलाई प्रहरी परिसर टेकु, प्रहरी वृत लैनचौर सोह्रखुट्टे, दरवारमार्ग, गौशाला, जनसेवा, बालाजु तथा महाराजगन्जमा राखिएको छ। उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाइने जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २४, १३: ०१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २४, १३: ०१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०७९ चैत्र २४, १३: ०१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...