राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले प्रसाईंसँग साढे २ करोड मागेको अडियो सार्वजनिक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सांसद श्रेष्ठलाई दलद्वारा एक साता निलम्बन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले प्रसाईंसँग साढे २ करोड मागेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले बिबादित क्षविका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ चन्दा मागेको अडियो सार्वजनिक भएको छ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद ढकालले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउन लागेको दाबी गरेका छन्।

अडियो रेकर्डमा सांसद श्रेष्ठले मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको समेत बताएका छन्। प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो।

गत माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुनुअघि भएको सो सम्वादमा सांसद श्रेष्ठले भनेका छन्, ‘स्वास्थ्य हामीले पाउने भयो, पार्टीलाई सहयोग गर, साढे २ जति चाहियो भन्दै थिए। मेरो पक्का भयो, मैले आज फिक्स गर्नु छ क्या सर !’

उनले ‘मन्त्री पनि बन्नुप¥यो, धोइपखाली गरेर स्वास्थ्य क्षेत्र पूरा सफा पनि गर्नु छ। मैले धेरै गर्छु भनेर सोचेको छु, त्यसमा हजुरहरुको सहयोग पनि चाहियो’ भनेका छन्।

सुरुदेखि नै रविलाई सहयोग गर्दै आएको कोर टिमले रकम मागेको सांसद ढाकाकुमारले बताएका छन्। उनले भनेका छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिरका २-३ जना साथी हुनुहुन्छ। उहाँहरुलाई दिने हो, पार्टीलाई जान्छ भनेका छन्।’

उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका छन्। ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन्। ‘तपाईँलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ’, प्रसाईंले भनेका छन्, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस्।’

सम्वादका क्रममा प्रसाईंले तोसिमा कार्कीले लडाईँ गर्दिनन् नि भन्ने प्रश्न गरेका छन्, जसमा रास्वपा सांसद ढाकाकुमारले मन्त्री छान्ने जिम्मा रवि लामिछानेलाई दिइसकेका कारण कुनै समस्या नहुने बताएका थिए।

त्यो बेलामा स्वास्थ्यमन्त्रीका लागि रास्वपामा ढाकाकुमारसँगै डा. चन्दा कार्की र डा. तोसिमा कार्की आकांक्षी थिए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार माघ ३ गते ििवस्तार हुँदा स्वास्थ्य मन्त्रालयको मन्त्री एमालेले पाएको थियो भने स्वास्थ्य राज्यमन्त्री भने रास्वपाकी डा. तोसिमा कार्की भएकी थिइन्। रास्वपाले माघ २२ गते भने सरकार छाडेको थियो ।

रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको रकम मोलमोलाई गरेको अडियो सार्वजनिक भएसँगै पार्टीले उनलाई आइतबार नै निलम्बन गरेको छ। पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई पार्टीले निलम्बन गरेको जानकारी दिए।

‘हामीले अडिओ सुन्यौं। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने काम गर्छ,’ उनले भने, ‘उहाँलाई एक साताका लागि निलम्बन गरिएको छ।’ श्रेष्ठले भने आफूलाई पार्टीले निलम्बन गरेकोबारे जानकारी नभएको बताएका छन्। उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए।

 

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र २६, १५: ०३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र २६, १५: ०३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र २६, १५: ०३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...