साढे २ करोड बार्गेनिङ गर्ने सांसद ढाकाकुमारलाई हटाएर रास्वपाले बिन्दवासिनीलाई ल्याउने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

साढे २ करोड बार्गेनिङ गर्ने सांसद ढाकाकुमारलाई हटाएर रास्वपाले बिन्दवासिनीलाई ल्याउने

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको रिक्त सांसद पदमा विन्दवासिनी कंसाकारलाई ल्याउने भएको छ।

रास्वापा केन्द्रीय समितिको बुधबार साँझ सम्पन्न बैठकले बिबादित मेडिकल संचालक दुर्गा प्रसार्इंसँग आफू स्वास्थ्य मन्त्री बन्न लागेको भन्दै साडे २ करोड रुपैयााको वार्गेनिङ पार्टीका पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ ।

पार्टी सदस्यता खारेज गरेपछि श्रेष्ठको सांसद पद पनि कानून बमोजिम रहने छैन। समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा आदिवासी जनजाति क्लष्टरबाट कंसाकारलाई संसदमा पठाउन लागेको हो।

रास्वपाका सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्। पार्टी साधारण सदस्यताबाट समेत निकालिएका ढाकाकुमारले आफूसँग दुर्गा प्रसाईंले गरेको कुराकानीको अडियो नक्कली भएको दाबी गर्दै आफूलाई कारबाही गरेमा सभापति रबीको कोर ग्रुपको समेत खुलासा गर्ने चेतावनी दिएका थिए।

रास्वपाले अब पार्टीबाट प्रतिनिधिसभामा डा. श्रेष्ठलाई कारबाही गरिएको जानकारी पत्र प्रतिनिधि सभामा पठाउनेछ । त्यो पत्र सभामुखले प्रतिनिधिसभामा पढेर सुनाएमा वा १५ दिनभित्र टाँस गरेमा पद रिक्त हुने छ।

राजनीतिक दलसम्बन्धी ऐनमा दल त्याग गरेका सांसदलाई पदमुक्त गर्न जति सहज छ, अनुशासनको कारबाहीबाट सांसदलाई पदमुक्त गर्न त्यति नै कठिन र असम्भव पनि छ।

संविधानको धारा ८९ मा संसद सदस्यको पद रिक्त हुने व्यवस्था छ । उक्त धारामा सांसद पद रिक्त हुने ६ वटा शर्त तोकिएकोमा सांसद श्रेष्ठमाथि दल त्याग गरेको अवस्था बाहेकका कारणबाट पद रिक्त हुने अवस्था देखिँदैन । धारा ८९ (ङ) मा भनिएको छ, ‘जुन दलको उम्मेदवार भई सदस्य निर्वाचित भएको हो त्यस्तो दलले संघीय कानून बमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद रिक्त हुनेछ ।’

राजनीतिक दल सम्बन्धी ऐनको दफा ३२ मा सांसदले राजीनामा दिएमा, दल त्याग गरेमा वा अर्को दल खोलेमा स्वतः पदमुक्त हुने व्यवस्था छ । तर सांसद श्रेष्ठका हकमा यी प्रावधान आकर्षित हुँदैनन् । दफा ३२(३)मा ह्विप उल्लंघन गरेमा पनि सांसदलाई कारबाही गर्न मिल्ने व्यवस्था छ । तर रास्वपाले अहिलेसम्म प्रतिनिधि सभामा कुनै ह्विप जारी गरेको छैन भने सांसद श्रेष्ठले समेत ह्विप उल्लंघन गरेका छैनन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा ह्विप उल्लंघन गरेका सांसदलाई कारबाहीका लागि सचेतकले सम्बन्धित दलको केन्द्रिय समितिमा पठाउनुपर्छ । सांसद श्रेष्ठमाथि ह्विप उल्लंघनको आरोप नभएकाले यो प्रक्रिया पूरा हुने सम्भावना नै थिएन ।

सांसदलाई कारबाही गर्नुपर्ने भएमा दलको केन्द्रीय समितिले उसलाई स्पष्टीकरण सोध्नुपर्छ । सांसद डा. ढाकाकुमार श्रेष्ठलाई रास्वपाको केन्द्रीय समितिले नभई अनुशासन समितिले स्पष्टीकरण सोधेको थियो

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिक बन्दसूची अनुसार, आदिवासी-जनजातितर्फ १ नम्बर सूचीमा रहेकाले डा. ढाकाकुमार श्रेष्ठको नाम सिफारिस भएको थियो । रास्वपाले अहिले सिफारिस गरेकी बिन्दबासिनी कंसाकार पनि आदिवासी-जनजातितर्फकै ३ नम्बर वरीयतामा रहेकी उम्मेद्वार हुन् । उनीअघिका १ नम्बरमा रहेकी इन्दिरा रानामगर र २ नम्बरमा रहेकी सुमना श्रेष्ठ सांसद बनिसकेकाले तेस्रो नम्बरमा रहेकी कंशाकारको नाम सिफारिस भएको देखिन्छ । पुरुषतर्फ नाम सिफारिस गरेको भए मेघबहादुर आलेले अवसर पाउँथे।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७९ चैत्र ३०, १३: १२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७९ चैत्र ३०, १३: १२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०७९ चैत्र ३०, १३: १२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...