
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिने राजकिय भ्रमण ऐतिहासिक र महत्वपूर्णरुपमा नेपाली जनताले लिएका छन् । शनिवार भारतको भ्रमण गरी नेपाल आएका सी आइतबार नेपालबाट चीन पुगेका थिए ।
चिनियाँ राष्ट्रपतिको भ्रमण २३ वर्षपछि भएकाले पनि यसलाई ऐतिहासिक मानिएको हो । भ्रमणको समयमा नेपाल सरकारसँग राष्ट्रपति सीले राजधानीको टोखादेखि नुवाकोटको छहरेसम्म चार किलोमिटर लामो र रसुवाको वेत्रावतीदेखि स्याफ्रुबेँसीसम्मको करिव २४ किलोमिटर लामो सुरुङमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न समझदारी पत्रमा हस्ताक्षर लगायतका २० वटा परियोजनाका विषयमा सहमति र सम्झौता भएको छ ।
सीको नेपाल भ्रमणको आलोचना खास कुनै राजनीतिक दल, शक्ति वा समूहबाट भएन तर नेपाल सरकारको तयारी, भूमिका र राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधि र क्रियाकलापको सर्बत्र आलोचना र टिप्पणी भए । नेपाली जनताको आस्था र संस्थाको रुपमा राष्ट्रपति भण्डारीको आलोचना हुनुलाई कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुले नमिठो दृष्टान्तको रुपमा लिएका छन् । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने हर्कत विभिन्न ठाउँबाट भइरहँदा राष्ट्रपति भण्डारीमाथि हरेक क्रियाकलापमाथि भएको टिप्पणी र आलोचनाले व्यवस्था र सरकारलाई नै कमजोर बनाउँदै लगेको घटनाबाट भने परिवर्तनका पक्षधर दल र शक्तिले चिन्ता लिन थालेका छन् ।
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...
काठमाडौं : इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...