
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्र लिङ्देनले मिटरव्याज पीडितमाथि सोमबार भएको प्रहरी दमनको घोर निन्दा र भत्सर्ना गर्दै पीडितको माग सुनुवाई नभए सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय लिएर वोल्दै लिङदेनले देशमा कसैले पनि अन्यायमा पर्नु हुँदैन, कसैले पनि हेपिनु हुँदैन, राज्य अभिभावक छ भनेर न्यायको माग गर्दै आएको मिटरव्याज पीडितमाथि निर्मम ढंगले सरकारले आक्रमण गरेको वताएका छन्।
‘सर्वहारा बर्गको अििधनायकत्व रहने सपना वाँडेको राजनीतिक दलको नेतृत्वमा सरकार हुँदा मिटरव्याज पीडितमाथि आक्रमण भएको हामी हेरेर बस्न सक्दैनौं’, लिङ्देनले भने, ‘त्यसैले उनीहरुको मागलाई समयमै संवोधन नगरिएमा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले राप्रपा उनीहरुको पक्षमा सडक आन्दोलनमा उत्रन वाँध्य हुने छ।’
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...