‘हिन्दुवादी’ राप्रपाले ‘क्रिष्चियन धर्मालम्बी’ बिनालाई बनायो संसदीय दलको सचेतक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

‘हिन्दुवादी’ राप्रपाले ‘क्रिष्चियन धर्मालम्बी’ बिनालाई बनायो संसदीय दलको सचेतक

काठमाडौं । हिन्दु राष्ट्रसहितको संबैधानिक राजतन्त्रको पक्षमा वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय संसदको संसदीय दलको सचेतकमा क्रिष्चियन धर्मालम्बी वीना लामालाई नियुक्त गरेको छ ।

राप्रपाको विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले बुधबार बिनालाई सचेतकमा मनोनीत गरेका हुन्। धादिङबाट समानुपातिक निर्वाचन प्रणलीबाट प्रतिनिधित्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन्।

उनी राप्रपा उपाध्यक्ष तथा सांसद बुद्धिमान तामाङकी वुहारी हुन् । राप्रपा दलको प्रमुख सचेतक लिङ्देनले यसअघि पार्टी प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेका छन्। बुद्ध धर्म परित्याग गरी क्रिश्चियन भएकी बिनाले गाउँपालिका उपाध्यक्ष हुँदा धार्मिक विभेद गरेको आरोप लाग्ने गरेको छ।

सम्बन्धित समाचार

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख ६, १५: ३४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख ६, १५: ३४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० बैशाख ६, १५: ३४

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...