बससँग जुधेको मोटरसाईकलका चालकसहित ३ को मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बससँग जुधेको मोटरसाईकलका चालकसहित ३ को मृत्यु

गौशाला । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडक खण्डमा विपरित दिसाबाट आएको बसमा जुध्न जाँजा मोटरसाईकलमा सवार दुई र चालकसहित तीन जनाको मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिकास्थित गौशाला सम्सी सडक खण्डमा आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

गौशालाबाट बर्दिबासतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बस र मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन। बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको महोत्तरी प्रहरी प्रवक्ता दिलीप गिरीले जानकारी दिए।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख ६, १६: ०२

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० बैशाख ६, १६: ०२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८० बैशाख ६, १६: ०२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...