एनआरएनएको अध्यक्षमा पन्त – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

एनआरएनएको अध्यक्षमा पन्त

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको भन्दा एक सय ११ मत बढी ल्याएर पन्त एनआरएनएको अध्यक्षमा विजयी भएका हुन् ।

उनले एक हजार एक सय ८१ मत प्राप्त गरेका थिए भने आचार्यले एक हजार ७० मत ल्याएका थिए । एनआरएनएको महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा २ हजार ३ सय ४१ मत खसेको थियो ।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशन असोज २८ देखि ३० गतेसम्म भएको थियो । मतदाताको विषयलाई लिएर बिबाद उत्पन्न हुँदा महाधिवेशनको समय एक दिन थप गरिएको थियो । विद्युतीय मेसिनबाट मतदान गर्ने विषयमा विवाद भएपछि मतपत्र नै प्रयोग गरिएको हो । निर्वाचनमा ४२ पदका लागि ७६ जना चुनावी मैदानमा थिए । अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७६ कार्तिक ७, ०९: ५५

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७६ कार्तिक ७, ०९: ५५

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७६ कार्तिक ७, ०९: ५५

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...