एसएसपीबाट डिआईजीमा बढुवा भएका १३ जनालाई दर्ज्यानी चिन्ह – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

एसएसपीबाट डिआईजीमा बढुवा भएका १३ जनालाई दर्ज्यानी चिन्ह

काठमाडौं – नेपाल प्रहरीको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएका १३ जना प्रहरी अधिकृतलाई विहीबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्त कुँवरले बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। सरकारले १३ एसएसपीहरुलाई बुधबार डिआईजीमा बढुवा गरेको थियो।

डीआईजीमा बढुवा हुनेमा कुवेर कडायत, केदार ढकाल, विष्णु कुमार के.सी, भरत बहादुर बोहरा, रबिन्द्र के.सी, राजेशनाथ बास्तोला र चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल, र बिकासराज खनाल हुन्।
व
ढुवा सिफारिसविरुद्ध मंगलबार एसएसपीहरु चक्रबहादुर सिंह र अनुराग द्विवेदीले लोकसेवा आयोगमा उजुरी दिएका थिए। तर उनीहरुको उजुरीले सिफारिस बदर भएन।

समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका डीआईजीहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख ७, १७: ४३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...

राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
राष्ट्रपति पौडेलद्वारा काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’
  • २०८० बैशाख ७, १७: ४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेटवार्ता
  • २०८० बैशाख ७, १७: ४३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार...