
काठमाडौं । नेपालका राष्ट्रपति होस् या प्रधानमन्त्री पालैपालो विदेश भ्रमणमा व्यस्त रहेका छन् । हालै मात्र राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार र जापानको डेढ साता लामो भ्रमण सकि गत बुधबार स्वदेश फर्केकी हुन् भने उक्त दिनको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्किएका छन् ।
यही कात्तिक ८ र ९ गते अजरबैजानको बाकुमा आयोजना हुने असंलग्न राष्ट्रहरुका सरकार प्रमुखहरुको १८औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री गत बिहीबार प्रस्थान गरेका छन् । पछिल्लो २० महिनामा प्रधानमन्त्री केशी शर्मा ओली स्वास्थ्योपचारबाहेक १०औं विदेश भ्रमणमा देश बाहिर निस्किएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएयता प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा मात्र साढे २३ करोड रुपैयाँ खर्च भएको विश्लेषकहरु बताउँछन् ।

भ्रमणमा लागेको खर्च अर्थ मन्त्रालयबाट निकासा भएको विवरण अनुसार सो अवधिमा प्रधानमन्त्रीको विदेश भ्रमणमा १५ करोड ३९ लाख ८३ हजार २ सय ५३ रुपैयाँ खर्च भइसकेको छ । राष्ट्रपतिको विभिन्न मुलुकको भ्रमणमा ७ करोड ९३ लाख ३८ हजार ४ सय १७ रुपैयाँ खर्च भएको छ ।
राष्ट्रपतिको म्यानमार–जापान भ्रमण र प्रधानमन्त्रीको आशन्न अजरबैजान भ्रमणको बील भने हालसम्म आइपुगेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा भएको उपचारको खर्च भने सरकारी ढुकुटीबाट नभएको सरकारी अधिकारीहरु जनाएको छन् । राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमणमा मात्रै २० महिनामा साढे २३ करोड सकिएको छ । यस अवधिमा उपराष्ट्रपति र मन्त्रीहरुको विदेश भ्रमणमा पनि सरकारी ढुकुटीबाट खर्च भएको छ । प्रधानन्यायाधीश र न्यायाधीशहरुले पनि बाक्लै विदेश भ्रमण गरेका छन् ।
वैदेशिक भ्रमणमा अधिक बजेट खर्च हुन थालेपछि वर्तमान सरकारले नै वैदेशिक भ्रमण व्यवस्थापन निर्देशका बनाएको थियो । सरकारी पदाधिकारीको वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूखी, मितव्ययी, पारदर्शी र व्यवस्थित बनाउने भन्दै यो निर्देशिका ल्याइएको थियो ।
तर, पछिल्लो समय विशिष्ट अधिकारीहरुबाट भएका उच्चस्तरीय भ्रमणको चित्त बुझ्दो औचित्य सरकारले पुष्टि गर्न सकेको छैन । निर्देशिका अनुसार हरेक वैदेशिक भ्रमण औचित्य पुष्टि हुन जरुरी छ । भ्रमणबाट प्राप्त उपलब्धी र सिकेको सिकाइसम्बन्धी प्रतिवेदन समेत बनाएर सम्बन्धित कार्यालयमा बुझाउनुपर्छ ।
तर, नेतृत्व भने यस्तो निर्देशकाको पालना गर्दैन । सरकार प्रमुख र राष्ट्र प्रमुख अनि मन्त्रीहरुले कतिपय अवस्थामा विदेश भ्रमणमा जानै पर्ने हुन्छ । तर, सरकारले विगतमा अनावश्यकरुपमा विदेश भ्रमण हुने गरेको भन्दै निर्देशिका ल्याएपनि २ करोडभन्दा बढी खर्च हुने गरी प्रधानमन्त्री ओलीले गरेको भियतनाम कम्बोडिया आदिको खासै औचित्यपूर्ण नभएको, प्रधानमन्त्रीले गरेको कोष्टारिका भ्रमणले पनि राज्यकोषमा अनावश्यक भार थपेको देखिन्छ ।
विपक्षी दल काँग्रेसका प्रधानमन्त्री सुशील कोइरालाले अमेरिका भ्रमणबाट फर्कदा प्रधानमन्त्रीले पाउने भत्ताबाट बचेको रकम फिर्ता गरेका थिए । अहिलेको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले विदेश भ्रमण बापत पाउने गरेको भत्ता फिर्ता गर्नुको सट्ट लिएको मात्र सुनिएको छ । नेताहरुको विदेश भ्रमण उनीहरुको व्यक्तिगत कमाइका लागि पनि फलदायी हुने तथा सरकारी अधिकारीहरुले विदेश भ्रमण गर्दा सरकारी कोषबाट मोटो रकम दैनिक भत्तावापत पाउने गर्छन् ।
काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा...
काठमाडौं : काठमाडौंबाट खोटाङ जाँदै गरेको गाडी सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार को १...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...