दलहरुले नाम नदिँदा संसदीय समिति गठन आज पनि नहुने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दलहरुले नाम नदिँदा संसदीय समिति गठन आज पनि नहुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक शुरु भएको करिव साढे चार महिना वितिसक्दा पनि संघीय संसद अन्तरगतका संसदीय समितिहरु गठन हुन सकेको छैन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संसदीय समिति गठन गर्ने सहमति भए पनि व्यवहारमा परिणत हुन सकेको छैन्।

बुधबार संघीय संसद सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय दलबाट समितिमा बस्ने सांसदहरुको नाम उपलब्ध गराउन आग्रह गरेका थिए। सभामुखले सांसद सदस्यको नाम विहीबारसम्म उपलब्ध गराउन आग्रह गरेका थिए।

सभामुख घिमिरेको सचिवालयका अनुसार सभामुख घिमिरेले संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम आज नदिए पनि भोलीसम्म दिन आग्रह गरेका थिए। सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन समितिहरु चाहिएको बताए।

सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नु पर्ने भन्दै संसदमा सांसदले उठाएका विषयमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेका बताएका थिए। बुधबार नै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको विषयमा बोल्ने भएका छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १३, १४: ५३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १३, १४: ५३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १३, १४: ५३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...