माओवादी नेतृत्वलाई एमालेका प्रमुख सचेतकको प्रश्न: लडाकूका नाममा लिएको ९५ करोड खोई? – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

माओवादी नेतृत्वलाई एमालेका प्रमुख सचेतकको प्रश्न: लडाकूका नाममा लिएको ९५ करोड खोई?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले माओबादी लडाकु र हतियार व्यवस्थापनको लागि नेपाल खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (अनमिन)ले अयोग्य प्रमाणीकरण गरेका लडाकूहरुलाई दुई-दुई लाख रुपैयाँ बाड्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै अयोग्यको नाममा लिएको ९५ करोड रुपैयाँको हिसाव मागेका छन्।

प्रतिनिधिसभा विहीबारको बैठकको सुरुमा समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले अनमिनले पुनः प्रमाणीकरण (२०६७ साल) गर्दा २ हजार ४५१ जना नभेटिएको र तीनको नाममा ९५ करोड रुपैयाँ माओवादी नेतृत्वले लगेकोले ‘त्यो पैसा कहाँ गयो?’ भनी प्रश्न गरेका हुन्।

एमाले प्रमुख सचेतक गिरीले शान्ति प्रक्रिया पूरा गर्न ध्यान नदिने, तर राज्य कोषबाट दोहन गर्ने काम स्वीकार्य नहुने बताए। उनले यसबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

देश आर्थिक संकटमा रहेको बेला वृत्तभत्तादेखि प्रदेश र स्थानीय तहको समानीकरण अनुदान कटौती गरेको वर्तमान सरकारले ४,८०० बढी आयोग्य लडाकुको नाममा व्यक्तिलाई २ लाख रुपैयाँको दरले रकम बाँड्न लागेको प्रति आपत्ति जनाए।

चालु आर्थिक वर्षमा १ अर्ब ४० करोड छुट्याए पनि शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकार गम्भीर नभएको भन्दै उनले अघि भने, ‘सत्य निरुपण तथा मेलमिलापको काम थाति राखिएको छ, त्यतितिर चिन्ता छैन । तर देशबाट पैसा निकालेर धमाधम कार्यकर्तालाई पैसा बाँडिँदैछ ।’

अर्थतन्त्र शिथिल भएको बेला अन्मिनको प्रमाणीकरणमा नपरेका माओवादी पूर्व लडाकुलाई रकम वितरणका लागि गृह मन्त्रालयले कार्यविधि पास गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १५, १४: ०९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १५, १४: ०९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख १५, १४: ०९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...