
काठमाडौं । काठमाडौं महानगरपालिकास्थित कपन सरस्वतिनगरमा निरु भाँडा पशल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा झापाबाट बिनोद बिक पक्राउ परेका छन्।
शुक्रबार झापाबाट पक्राउ परेका बिक बसेको कागेश्गरी मनहरास्थित एक रेष्टुरेष्टको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ।
कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको बैशाख ७ गते दिउँसो आफ्नै चक्कुले रोपेर विभत्स ढंगले हत्या गरिएको थियो। प्रहरीले अनुसन्धानका क्रममा सीसीटीभीमा एक युवकलाई देखेको थियो। ती युवक राइड सेयरको मोटरसाइकलमार्फत सो रेष्टुरेन्टमा गएको अनुसन्धानमा खुलेपछि प्रहरीले आशंका गरी घटनाको पछि लागेको थियो।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा देखिएको झोला नै बरामद भएको छ। पक्राउ परेका बिक घटनापछि कागेश्वरी मनोहरास्थित रेष्टुरेन्टको कोठामा गएको र भोलिपल्ट झापा पुगेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बिक निराको सुन लुटपाट गर्ने उद्देश्यले हत्या गरेको हुनसक्ने देखिएको छ।
बिकले केही सुन घटना भएको भोलिपल्ट बालाजुको एक सुन पसलमा राखेको र त्यसक्रममा उनी राइड सेयर एप पठाओ र टेम्पो चढेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको प्रमाणसहित केन्द्रीय अनुसन्धान व्यूरोले बिकलाई आइतबार नै सार्वजनिक गर्ने तयारी गरेको छ।
पक्राउ परेका बिक काठमाडौंमा एक रेष्टुरेन्टमा बाउन्सरका रुपमा कार्यरत थिए। एक सातासम्म पनि घटनाबारे कुनै पत्ता नलागेपछि हत्या अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले एआईजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति बनाएको थियो।
निराको हत्यामा उनकै भाँडा पसलको चक्कु प्रयोग भएको प्रहरीले जनाएको छ। हत्या गरेर चारदिन काठमाडौंमा नै बसेका आरोपी विनोद विश्वकर्मा १२ गतेमात्रै झापा पुगेका थिए। निराको मुख थुनेर पसलमा रहेको चक्कु प्रहार गरी आफूले नै हत्या गरेको उनले स्वीकार गरेका छन्।
घटनापछि उनले पसलभित्रै लुगा फेरेर भागेको बताएका छन्। सीसी टिभी फुटेजको हुलियाबाट आफूलाई चिन्न नसकियोस भनेर बिकले भित्र जाँदा एउटा र हत्या गरेर फर्किँदा अर्कै लुगा लगाएको देखिएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...