
सुर्खेत । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले मदिरा सेवा गरेको भन्दै एक जना प्रहरी हवल्दारको नाकको डाँडी भाँचेका छन्।
शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई चापागाईले कुटपिट गर्दा उनको नाकको डाँडी भाँचिएको छ भने आँखा मुनिको डिल सुन्निएको छ।
सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नम्गर ३ स्थायी घर भई जिल्ला कारागार डोल्पामा कार्यरत ३७ वर्षे आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। उनको जिल्ला अस्पताल, डोल्पामा उपचार भए पनि सुधार नभएपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
‘बिदाको दिन म साथीहरुसँग बसेर रमाइलो गरिरहेको थिएँ, इन्स्पेक्टर साबले बोलाउनु भयो, म विशेष काम परेको होला भनेर मादक पदार्थ सेवन गरेको भएपनि उहाँलाई भेट्न गएँ, तर उहाँले मलाई एक्कासि कुटपिट गर्नुभयो,’ उनले भने, ‘कुटपिटबाट मेरो बाँया आँखामा ठूलो चोट लागेको छ, हेर्न पनि गाह्रो भइरहेको छ । नाकमा चोट लागेको छ ।’
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले आफू कार्यालय बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए। अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...