दुई साताको उपचारपछि राष्ट्रपति पौडेल आईतबार राति फर्किए नेपाल – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दुई साताको उपचारपछि राष्ट्रपति पौडेल आईतबार राति फर्किए नेपाल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधारपछि मुम्बईमा उपचार गरी आइतबार राति नेपाल फर्किएका छन्।

स्वास्थ्य उपचारका लागि झण्डै दुई साताअघि भारत गएका राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट नेपाल फर्किएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू थप उपचारको लागि दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना भई उपचाररत रहनु भएकोमा अस्पतालबाट डिस्चार्ज भई आज नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फिर्ता हुनुभयो ।’

उनी स्वास्थ्य उपचारका लागि यही वैशाख ६ गते भारत गएका हुन्। उनको भारतको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार भएको हो।

स्वास्थ्यमा उल्लेख्य सुधारपछि घर फर्किए पनि केही हप्ता पर्याप्त आराम गर्न राष्ट्रपति पौडेललाई उपचारमा संलग्न चिकित्सकको सुझाव छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १८, १३: ५४

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १८, १३: ५४

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० बैशाख १८, १३: ५४

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...