
काठमाडौं । नेपालमा अझै तीन दिन वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई हाल मुलुकका अधिकांस भागमा वर्षा भइरहेको हो।
महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार आज पहाडिसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। काठमाडौंमा दिउँसो १२ बजेपछि पानी पर्ने सम्भावना रहेको छ। आज तराईका जिल्लामा हावाहुरी समेत चल्ने सम्भावना छ।
दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। यो वर्षा पर्सी बुधवारसम्म निरन्तर रहने अनुमान गरिएको छ। आज बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले पर्सिसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् झाले जानकारी दिए।
पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ। तराईका जिल्लामा ४० डिग्री सेल्सीएस सम्म रहेको तामक्रम वार्षातसँगै घटेर ३२ देखि ३५ डिग्री भएको छ। काठमाडौंमा भने चिसो बढेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...