दाहालको दाबी ‘अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कांग्रेस र एमालेले गरेको हो’ – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

दाहालको दाबी ‘अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय कांग्रेस र एमालेले गरेको हो’

नारायणगढ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुहरूलाई दुई लाख रुपैयाँ दिने निर्णय वर्तमान सरकारले नभई कांग्रेस–एमालेको सरकारको पालामा भएको दाबी गरेका छन्।
सोमबार बिहान चितवन पुगेका प्रधानमन्त्री दाहालले २०७१ सालमा एमाले समेत संलग्न भएको नेपाली कांग्रेसका तत्कालिन शुशिल कोइराला नेतृत्वको सरकारकै पहलमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको दाबी गरेका हुन्।

उनले भने, ‘‘लडाकुलाई २ लाख दिने निर्णय २०७१ सालमा त्यतिबेलाको कांग्रेस नेतृत्वको सरकारले गरेको हो। कांग्रेस र एमालेको नेतृत्व भएको बेलामा टुंगिएको हो। विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा निर्णय भएको हो। मैले मेरो निर्णयले पैसा दिन लागेको होइन।’

०७१ सालको निर्णयलाई कार्यान्वयन गर्न खोज्दा दुई लाखले अर्थतन्त्र संकटमा पर्छ भनेर प्रचार गरिएको उनको भनाइ छ। अयोग्य भनिएका ४८ सय लडाकुलाई किस्ताबन्दीमा रकम दिने उनले बताए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख १८, १५: ५०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख १८, १५: ५०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख १८, १५: ५०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...