
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले लामिछानेलाई दलको नेता बनाउने निर्णय गरेको हो।
सो निर्णयलाई आजै बस्ने संसदीय दलको बैठकले अनुमोदन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी गराए। सोमबारको बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको उनले बताए।
प्रवक्ता ढकालका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ। रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ। त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय लिइने भएको हो।
रास्वपाका सभापति लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन्। उनले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सकिने जनाउ दिएका थिए। प्रधानमन्त्री प्रचण्डले पनि माग पुरा गर्न सकारात्मक जवाफ दिएको बताइएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...