बैशाख १५ सकियो संघीय संसदको हिउँदे अधिवेशन २४ गते बोलाईयो बजेट अधिवेशन – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

बैशाख १५ सकियो संघीय संसदको हिउँदे अधिवेशन २४ गते बोलाईयो बजेट अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २० वैशाखका लागि संघीय संसदको दुवै सदनका अधिवेशन आह्वान गरेका छन्। यसअघि शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने गरी संघीय संसदको पहिलो अधिवेशन सकिएको थियो।

राष्ट्रपति पौडेलले वैशाख २४ गते आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए।
सो अधिवेशनमा सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि बुधबार महासचिव गौतमले अत्यन्त जरुरी सूचना समेत जारी गरेका छन्।

महासचिव डा. गौतमले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०५० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आहृवान गरेकाले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरुको उपस्थितिको लागि अनुरोध गर्दछु ।’

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० बैशाख २०, १८: ४२

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० बैशाख २०, १८: ४२

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० बैशाख २०, १८: ४२

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...